NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bikash Hydropower’s IPO Opens from Today, Applications Open Until Ashad 22
     आजदेखि विकाश हाइड्रोपावरको आईपीओमा आवेदन खुला, असार २२ सम्म समय
    Investor
    1 min read
    Published on July 2, 2025
    NEPSE TRADING

    आजदेखि विकाश हाइड्रोपावरको आईपीओमा आवेदन खुला, असार २२ सम्म समयBikash Hydropower’s IPO Opens from Today, Applications Open Until Ashad 22

    विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्काशन) खुला गरेको छ। कम्पनीले कुल २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल मूल्य २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको रहेको छ।

    यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म रहेको छ। यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा म्याद असार ३२ गतेसम्म लम्बिन सक्छ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति दिएको थियो। यसमध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजनाबाट प्रभावित स्थानीयबासीलाई र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गरेर पहिले नै बाँडफाँट भइसकेको छ।

    यस्तै, ७० हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

    कम्पनीले गोरखाको धार्चे गाउँपालिका–४ मा अवस्थित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल फागुनदेखि विद्युत उत्पादन गरिरहेको छ।

    लगानीकर्ताहरूले मेरोसेयर पोर्टलमार्फत वा आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्। कम्पनीले आईपीओमार्फत प्राप्त रकम परियोजनाको लागत असुली र भावी विस्तारका लागि उपयोग गर्ने जनाएको छ।

    Bikash Hydropower Company Limited has opened its Initial Public Offering (IPO) for the general public starting today, Ashad 18 (July 2). The company is issuing a total of 2,942,760 shares worth NPR 294.27 million to the public.

    Investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The application deadline is Ashad 22 (July 6), but it may be extended to Ashad 32 (July 16) if the issue is not fully subscribed by then.

    Nepal Securities Board (SEBON) had granted the company approval to issue 4,454,596 shares in total, equivalent to 49% of its NPR 909.1 million authorized capital. Out of this, 909,101 shares have already been issued and allocated to locals affected by the project, and 354,550 shares were allocated to Nepali citizens working abroad.

    In addition, 70,910 shares have been reserved for the company’s employees, while 177,275 shares have been allocated to mutual funds.

    Bikash Hydropower has developed a 4.55 MW Upper Machhakhola Hydropower Project located in Dharche Rural Municipality–4, Gorkha, which has been in commercial operation since Falgun 2079 (February 2023).

    Interested applicants can apply through the MeroShare portal or via ASBA-approved banks and financial institutions. The funds raised from the IPO will be used to recover project costs and support future expansion plans.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026