NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bitcoin Soars to New All-Time High, Surpasses $111,000 Amid Investor Optimism
    बिटक्वाइनको नयाँ उचाइ: मूल्य १ लाख ११ हजार डलर नाघ्दै, लगानीकर्ता आशावादी
    Investor
    1 min read
    Published on May 22, 2025
    NEPSE trading

    बिटक्वाइनको नयाँ उचाइ: मूल्य १ लाख ११ हजार डलर नाघ्दै, लगानीकर्ता आशावादीBitcoin Soars to New All-Time High, Surpasses $111,000 Amid Investor Optimism

    विश्वको प्रमुख क्रिप्टोकरेन्सी बिटक्वाइनले पुनः नयाँ कीर्तिमान बनाउँदै इतिहास रचेको छ। बिहीबार बिहान प्रारम्भिक एसियाली कारोबार अवधिमा बिटक्वाइनको मूल्य १ लाख ११ हजार ६९१.५० डलर सम्म पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

    बिहीबार यु.टी.सी. समय अनुसार बिहान ४ बजे सबैभन्दा उच्च मूल्यमा पुगेर बिटक्वाइन हालको कारोबारमा १ लाख १० हजार ७३१ डलर आसपासमा स्थिर देखिएको छ। मूल्यमा दैनिक १.०३ प्रतिशतको वृद्धि देखिएको छ, जुन १,१२५ डलरको वृद्धिका रूपमा उल्लेखनीय हो।

    बजार विश्लेषकहरूका अनुसार यो वृद्धिपछि क्रिप्टो बजारमा लगानीकर्ताहरूको उत्साह झनै बढेको देखिएको छ। ब्लुमबर्गको डेटा अनुसार पछिल्लो केही दिनयता बिटक्वाइनमा लगानी गर्ने संस्थागत तथा खुद्रा लगानीकर्ता दुबैको चाप बढ्दो छ।

    अमेरिकी राजनीतिक र वित्तीय परिदृश्य पनि यसमा निर्णायक बनेको विश्लेषकहरू बताउँछन्। अमेरिकाको सिनेटमा स्टेबलकोइनसम्बन्धी विधेयक अगाडि बढिरहेको बेला क्रिप्टो बजारमा नियामकीय स्पष्टता आउने संकेत देखिएको छ। यसले लगानीकर्तामा विश्वास थपिएको हो।

    यता, अमेरिकी व्यापारी माइकल साइलर को कम्पनीले ५० अर्ब डलरभन्दा बढीको बिटक्वाइन संकलन गरिसकेको अवस्था र डिजिटल सम्पत्तिमा आममानिसको आकर्षण बढेको अवस्थाले पनि बिटक्वाइनको मूल्य बढाउने बल मिलेको हो।

    बजार विश्लेषकहरूका अनुसार यस्तो वृद्धिपछि थप अस्थिरता आउन सक्ने सम्भावना पनि रहन्छ। मूल्य एक्कासी बढेपछि नाफा सुनिश्चित गर्न अल्पकालीन लगानीकर्ताले बिक्री गर्न सक्ने सम्भावना औंल्याइएको छ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेमेकोइन होल्डरहरूसँग आफ्नो गल्फ क्लबमा डिनर बैठक गर्न लागेको समाचार बाहिरिएपछि पनि बजारमा हलचल देखिएको छ। विज्ञहरूले यसमा राजनीतिक हस्तक्षेप र स्वार्थ द्वन्द्वको खतरा देखाउँदै आलोचना गरेका छन्।

    तर, यस्ता राजनीतिक र नीतिगत संकेतहरूमाथि आशावादी मुद्रामा प्रतिक्रिया जनाउँदै बिटक्वाइनले इतिहासकै उच्च विन्दु छुने सफलता पाएको हो। क्रिप्टो बजारमा फेरि एकपटक ब्यापक चर्चा सुरु भएको छ।

    Bitcoin, the world’s leading cryptocurrency, has reached a new record high, crossing $111,691.50 during early Asian trading hours on Thursday. This marks the highest price ever recorded for Bitcoin, reaffirming strong investor confidence in the digital asset market.

    As of 06:38 UTC, Bitcoin is trading at around $110,731.70, reflecting a 1.03% daily gain, or approximately $1,125 in value growth.

    According to Bloomberg data, the surge has been fueled by a mix of regulatory developments in the U.S., rising institutional interest, and growing retail participation in digital assets. The U.S. Senate is currently advancing a key stablecoin bill, signaling potential regulatory clarity that is boosting market sentiment.

    A major contributor to this price spike is American businessman Michael Saylor’s company, which now holds over $50 billion worth of Bitcoin. Additionally, the number of people storing and investing in digital assets continues to climb, further amplifying demand.

    Market analysts note that although the price surge is a positive sign for long-term investors, there could be short-term volatility as some traders may choose to take profits after the historic high. The brief dip following the peak supports this possibility.

    Adding to the buzz, U.S. President Donald Trump is reportedly hosting a private dinner at his golf club near Washington with major memecoin holders. The move has drawn criticism from ethics experts, who warn it could create a conflict of interest and raise concerns about political access tied to financial benefits.

    Despite such concerns, Bitcoin’s new record is being viewed as a milestone in the maturing cryptocurrency market. With increasing mainstream attention and more regulatory developments on the horizon, investors remain cautiously optimistic about further growth potential.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026