महालक्ष्मी विकास बैंकको आधार दर घट्दा ऋणीलाई लाभ, नाफामा ३३% वृद्धि
Author
Nepse trading
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आधार दर ७.४८ प्रतिशत र कोषको लागत ५.२९ प्रतिशत रहेको जानकारी दिएको छ। अघिल्लो वर्ष २०८०/८१ को असार मसान्तसम्म आधार दर ९.३९ प्रतिशत र कोषको लागत ७.०३ प्रतिशत रहेको थियो। आधार दर घटेसँगै बैंकबाट ऋण लिने ग्राहकले कम ब्याजदरमा सुविधा लिन सक्नेछन्। साथै, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा बैंकको न्यूनतम पुँजी कोष पुस मसान्तसम्म १४.९९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १४.९३ प्रतिशत थियो।
वित्तीय सूचकांकमा सुधारका कारण बैंकले २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ३३ प्रतिशतले नाफा वृद्धि गरेको छ। अघिल्लो वर्ष रु. ३७.७५ करोड खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष रु. ५०.०३ करोड नाफा आर्जन गर्न सफल भएको छ। त्यस्तै, प्रति सेयर आम्दानी रु. १२ र शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको छ। आधार दर र वित्तीय सूचकांक सुधारले बैंकका ग्राहक र लगानीकर्तालाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास गरिएको छ।