बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) ले २०८१/८२ मा लाभांश नदिने निर्णय
Author
NEPSE TRADING

बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरेका छन्। दुवै कम्पनीको सञ्चालक समितिको बैठक २०२५ नोभेम्बर २६ (मंसिर १०) मा बसेर लाभांश नदिने निर्णय गरेको हो।
दुवै कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन नियमावली, २०७३ को नियम २६(५) तथा धितोपत्र सूचिकरण उपनियम, २०७६ को दफा २२(घ) अनुसार औपचारिक सूचना जारी गर्दै सेयरधनीहरूलाई जानकारी गराएका छन्।
कम्पनीका अनुसार २०८२ असार ३२ मा अन्त्य भएको आर्थिक वर्षका लागि लाभांश रोक्दा कम्पनीको दीर्घकालीन स्थिरता, मुख्य कारोबारमा पुनर्बिनियोजन, तथा आगामी वर्षहरूमा दिगो वृद्धि सुनिश्चित गर्न मद्दत पुग्ने निष्कर्ष सञ्चालक समितिले निकालेको छ। लाभांश नदिँदा कम्पनीहरूले वित्तीय आधार थप मजबुत बनाइ आगामी विस्तार योजनामा ध्यान केन्द्रित गर्न सकिने समेत बताइएको छ।
यससँगै दुवै कम्पनीले पुस ११ गते बुक–क्लोजर मिति तय गरेका छन्। सो दिनसम्म नाम दर्ता भएका सेयरधनीहरूले आगामी वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्, तर यस वर्ष कुनै लाभांश प्राप्त हुने छैन।


