१८ औं वार्षिक साधारण सभा बस्ने बारेको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०६/२३ गते)
श्री आदरणीय शेयरधनी महानुभावहरू,
मिति २०८३ असोज २२ गते बिहीबार अपरान्ह ३ बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको १८औं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न प्रस्तावहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति, स्थान र समय :
मिति : २०८३ साल कार्तिक २० गते शुक्रबार
स्थान : वालनट बिस्ट्रो, दोचा मार्ग, पानीपोखरी, काठमाडौं
समय : बिहान ११ बजे
१८ औं वार्षिक साधारण सभाका प्रस्तावहरू :
- संचालक समितिको तर्फबाट पेश गरेको आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।
- लेखा परीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ. व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने।
- लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ. व. २०८३/८४ को लागि लेखा परीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने।
- संचालकहरूको नियुक्ति अनुमोदन गर्ने।
- कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने।
- वार्षिक साधारण सभाको माईन्यूटमा हस्ताक्षर गर्ने प्रतिनिधिको नियुक्ति गर्ने।
- विविध।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
वार्षिक साधारण सभा सम्बन्धि जानकारीहरू :
- साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयर दाखिल (शेयर दर्ता पुस्तिका) मिति २०८३/०७/१० गतेका दिन बन्द रहने छ। शेयर दाखिल बन्द हुनु भन्दा अघिल्लो दिन सम्म अर्थात् मिति २०८३/०७/०९ गते सम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम भएका शेयरधनीहरूले उक्त साधारण सभामा भाग लिन, मतदान गर्न पाउने व्यवस्था छ।
- कम्पनीको साधारण सभाको सूचना, वार्षिक प्रतिवेदन, वित्तीय विवरण आदि शेयरधनी महानुभावहरूले कम्पनीको वेबसाईट buddhabhumnepalhydro.com.np मा हेर्न र डाउनलोड गर्न सकिने छ।
- कम्पनीको कार्यालय महाराजगञ्ज, काठमाडौंमा ४८ घण्टा अगावै प्रोक्सी दर्ता गराई सक्नु पर्ने छ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति कम्पनीको शेयरधनी हुनु आवश्यक छ।
- प्रतिनिधि (प्रोक्सी) नियुक्त गरि सक्नु भएको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गर्नु भएमा प्रोक्सी दिईएको भएता पनि स्वतः बदर हुनेछ।
- एकै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरि प्रोक्सी दिएमा सम्पूर्ण प्रोक्सीहरू स्वतः बदर हुनेछ।
- नाबालक वा विक्षिप्त शेयरधनीको तर्फबाट कम्पनीको शेयर लागत किताबमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधि तोक्न सक्नुहुनेछ।
- शेयरधनीहरूले व्यक्त गरेका मन्तव्य वा प्रश्नहरूको सम्बन्धमा संचालक समितिको तर्फबाट अध्यक्षज्यूले वा अध्यक्षको अनुमति पाएका व्यक्तिले उत्तर दिईने छ।
- साधारण सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्ने छ। हाजिरी पुस्तिका बिहान १०:०० बजे देखि सभा समय सम्म खुल्ला रहने छ।
- साधारण सभा सम्बन्धि थप जानकारीको लागि कम्पनीको रजिष्टर्ड कार्यालयको फोन नं. ०१-४५३०१५० मा वा यस कम्पनीको शेयर रजिष्ट्रार श्री प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न सकिने छ।



