
Investor
1 min read
NEPSE TRADING
हकप्रदमा न्यून आवेदनपछि बुद्धभूमी नेपाल हाइड्रोपावरले म्याद थप्यो, ऋण घटाउने लक्ष्यBuddhabhumi Nepal Hydropower Extends Rights Share Deadline Amid Low Subscription, Targets Debt Reduction
काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले शतप्रतिशत हकप्रद शेयरमा अपेक्षाभन्दा कम आवेदन परेपछि आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले चैत २२ गतेदेखि १:१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर हुन्छ।यस हकप्रदका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। सोअनुसार माघ २९ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। सुरुमा वैशाख १३ गतेसम्म आवेदन दिने समय तोकिएको भए पनि हालसम्म करिब १४ लाख ५० हजार कित्ता मात्र आवेदन परेपछि कम्पनीले समय थप गर्ने निर्णय गरेको हो।कम्पनीलाई Infomerics Credit Rating Nepal ले IRN ‘BB’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। हकप्रद शेयरको बिक्री प्रबन्धकका रूपमा NIC Asia Capital Limited रहेको छ।हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर पूर्ण रूपमा बाँडफाँड भएपछि चुक्ता पूँजी दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रदबाट संकलन हुने रकम मुख्यतः बैंक ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।कम्पनीका अनुसार हाल करिब ९६ करोड ९० लाख रुपैयाँ रहेको ऋण हकप्रदबाट उठ्ने रकम प्रयोग गरेपछि घटेर करिब ५६ करोड ९० लाख रुपैयाँमा झर्नेछ। ऋण भार घटेसँगै वित्तीय खर्च कम हुने र दीर्घकालीन रूपमा कम्पनीको नाफा तथा नगद प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।
Kathmandu — Buddhabhumi Nepal Hydropower Company Limited (BNHC) has extended the application deadline for its 100% rights share offering after receiving lower-than-expected investor response. The company had initially opened the issue on March-end (Chaitra 22) with a 1:1 ratio, issuing 4 million shares worth NPR 400 million.The book closure for the rights issue was set on Falgun 1, making shareholders recorded up to Magh 29 eligible to apply. Initially, the deadline was fixed until mid-April (Baisakh 13), but the company decided to extend the timeline after receiving applications for only around 1.45 million shares, significantly below the total offering.The issue has been assigned an ‘IRN BB’ rating by Infomerics Credit Rating Nepal, indicating a moderate level of risk. The rights shares are being managed by NIC Asia Capital Limited as the issue manager.Currently, the company’s paid-up capital stands at NPR 400 million. Upon full subscription of the rights shares, the capital base is expected to double to NPR 800 million. The company has stated that the proceeds will primarily be used to partially repay bank loans.At present, BNHC carries outstanding debt of approximately NPR 969 million. With the infusion of funds from the rights issue, this is expected to decline to around NPR 569 million. A reduction in debt is likely to ease financial pressure, lower interest expenses, and improve overall financial stability in the long term.However, the weak subscription level so far also reflects cautious investor sentiment toward the company. Market observers note that the success of the extended offering period will be crucial in determining the company’s capital restructuring plans and future financial health.




