NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Budget Encourages Private Sector, Supports Investment-Friendly Environment: Industry Leade...
    बजेटले निजी क्षेत्रलाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्छ :चन्द्रप्रसाद ढकाल
    Investor
    1 min read
    Published on May 31, 2025
    NEPSE trading

    बजेटले निजी क्षेत्रलाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्छ :चन्द्रप्रसाद ढकालBudget Encourages Private Sector, Supports Investment-Friendly Environment: Industry Leaders

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको स्पष्ट पारे।

    अध्यक्ष ढकालले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिने निर्णयलाई ऐतिहासिक र निकै महत्वपूर्ण भनेका छन्। उनले भने, "यो ऐतिहासिक निर्णयले निजी क्षेत्रलाई थप सशक्त बनाउनेछ। सरकार र निजी क्षेत्र मिलेर राम्रो निर्णय लिन सकिन्छ भन्ने सन्देश बजेटले दिएको छ।"

    उनले अब बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताए। स्रोत र साधनको परिचालनमा ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो।

    कार्यक्रममा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालले पनि बजेटलाई स्वागतयोग्य भएको बताएका छन्। उनले बजेटले निजी क्षेत्रको मनोबल बढाउने किसिमको नीतिहरू समावेश गरेकाले यो लगानीमैत्री बजेट भएको दाबी गरे।

    पूर्व अध्यक्ष अग्रवालले राजस्वको लक्ष्य हासिल गर्न उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन्। "लगानी बिना उत्पादन हुँदैन, उत्पादन बिना राजस्व बढ्दैन," उनले भने।

    बजेटमा विदेशी लगानीका विषयमा देखिएको सकारात्मकता पनि निजी क्षेत्रका लागि उत्साहजनक भएको उनले उल्लेख गरे।

    उनले औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको बताए। भन्सार प्रणाली सुधार, ऊर्जा क्षेत्रको ओभरसाइट हटाउने, र सहज नीतिको आवश्यकता रहेको सुझाव दिंदै उनले भने, "ऊर्जा क्षेत्र नेपालको समृद्धिको मूल आधार हो। यो क्षेत्रमा स्पष्ट, सहज र दीर्घकालीन रणनीति आवश्यक छ।"

    छलफलमा सहभागी उद्योगी नेताहरूले समग्र बजेट निजी क्षेत्रमैत्री भएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।

    President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Chandra Prasad Dhakal, stated that the budget for the upcoming fiscal year 2082/83 is favorable to the private sector. Speaking at a post-budget discussion program organized by the Nepal Economic Journalists Association on Saturday, Dhakal emphasized that the government has given priority to the private sector in this budget.

    He also highlighted that allowing Nepali citizens to invest abroad is a significant and historic move. “This decision will empower the private sector,” said Dhakal. “The private sector is always ready to work with the government to make sound decisions.”

    Dhakal stressed the need to focus on mobilizing resources and implementing the plans outlined in the budget effectively.

    Similarly, former president of the Confederation of Nepalese Industries (CNI), Vishnu Agrawal, welcomed the new budget. Speaking at the same discussion program, he said the budget is encouraging for the private sector and can help boost investor confidence. “This is a welcoming step towards creating an investment-friendly environment,” he said.

    Agrawal noted that in order to meet the revenue targets, production must increase. “Investment and production are essential for revenue growth,” he emphasized. He also mentioned that the government's openness to allowing foreign investments has generated enthusiasm within the private sector.

    He praised the budget for its focus on industrial development and suggested that attention must also be given to improving the customs system. Referring to Nepal’s energy sector, he said, “Energy is a highly significant sector for Nepal’s development, but there has been a lack of proper oversight. The government needs to formulate supportive and clear policies to advance this sector.”

    The industry leaders present at the discussion concluded that the budget is private sector-friendly and urged the government to ensure its effective implementation for real impact.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026