·

आगामी बजेटको नीति तथा कार्यक्रम वैशाख १९ गते, प्रि–बजेट छलफल जेठ २ देखि

Author

NEPSE trading

आगामी बजेटको नीति तथा कार्यक्रम वैशाख १९ गते, प्रि–बजेट छलफल जेठ २ देखि

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गर्ने भएको छ। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि यो मिति तय गरेका हुन्। सोहीअनुसार प्रतिनिधि सभाको क्यालेन्डरको मस्यौदा तयार भएको छ।

यस्तै, सरकारले जेठ २ गतेदेखि प्रि–बजेट छलफल सुरु गर्ने प्रस्ताव गरेको छ। तयार गरिएको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस गरिनेछ। यो क्यालेन्डरले संसद्को आगामी कार्यसूची र बजेट प्रक्रियालाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

नीति तथा कार्यक्रम र बजेट छलफलले आर्थिक वर्ष २०८२/८३ को प्राथमिकता र विकासका लक्ष्यहरू स्पष्ट गर्नेछ। सरकारमाथि स्रोत व्यवस्थापन, राजस्व वृद्धि र लगानीमैत्री वातावरण निर्माणका लागि ठोस योजना ल्याउने दबाब छ।

Related News