·

बुंगल हाइड्रोको आईपीओ पहिलो दिनमै ४.२३ गुणा बढी माग

Author

NEPSE TRADING

बुंगल हाइड्रोको आईपीओ पहिलो दिनमै ४.२३ गुणा बढी माग

बुंगल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको हो, जसको कुल मूल्य १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ।

सिडिएस एण्ड क्लिरिङका अनुसार हिजो साँझ ५ बजेसम्ममा ६ लाख ३६ हजार ४८७ लगानीकर्ताबाट जम्मा ७२ लाख ८ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको छ। यो माग निष्कासित संख्याको ४.२३ गुणा बढी हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सेयर निष्कासन छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत, साथै सिडिएसको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

Related News