NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Burly Home Appliances Launches Six New Storage Water Geyser Models in Nepal
    बर्ली होम एप्लायन्सेजका ६ नयाँ गिजर मोडेल नेपाली बजारमा
    Investor
    2 min read
    Published on December 3, 2025
    NEPSE TRADING

    बर्ली होम एप्लायन्सेजका ६ नयाँ गिजर मोडेल नेपाली बजारमाBurly Home Appliances Launches Six New Storage Water Geyser Models in Nepal

    काठमाडौं — घरेलु उपकरणका क्षेत्रमा द्रुत गतिमा विस्तार भइरहेको Burly Home Appliances ले नेपाली बजारमा एकैपटक ६ नयाँ स्टोरेज वॉटर गिजर मोडेल सार्वजनिक गरेको छ। कम्पनीले गत वर्ष १७ मोडेल एयर कूलर सफलतापूर्वक प्रस्तुत गरेपछि यसपटक Elegance र Elecia सिरिजमार्फत गिजर सेग्मेन्टमा प्रवेश गरेको हो। जर्मन प्रविधिमा आधारित अत्याधुनिक संरचना, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई प्राथमिकता दिएर तयार पारिएका यी मोडेललाई कम्पनीले उपभोक्तामैत्री उत्पादनको रूपमा प्रस्तुत गरेको छ।

    नेपालमा Burly ब्राण्डका उत्पादको आधिकारिक आयातकर्ता तथा सोल डिस्ट्रीब्युटर CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु गरेको जनाएको छ। कम्पनीले उपभोक्ताको आवश्यकताअनुरूप दीगो, सुरक्षित र ऊर्जा–दक्ष समाधान उपलब्ध गराउने उद्देश्यसहित गिजर सेग्मेन्टमा प्रवेश गरेको बताएको छ। CG Electronicsका प्रतिनिधिले “एयर कूलरको सफलतापछि हामी अब घरेलु सुरक्षालाई प्राथमिकता दिने उच्च–गुणस्तरका गिजर लिएर बजारमा आएका छौँ,” भने।

    Burly ले नयाँ मोडेलमा वॉटर ट्याङ्कीमा ७ वर्ष, हीटिङ एलिमेन्ट र सम्पूर्ण उत्पादनमा २–२ वर्षको वारन्टी उपलब्ध गराएको छ। कम्पनीले दुई सिरिजमार्फत ६ मोडेल सार्वजनिक गरेको छ, जसमा Elegance सिरिजका १०, १५ र २५ लिटर क्षमताका मोडेल तथा Elecia सिरिजका २५ ब्ल्याक, २५ गोल्डेन र १५ गोल्डेन मोडेल समावेश छन्।

    Elegance सिरिजलाई कम्पनीले आकर्षक मिनिमलिस्ट डिजाइन, उच्च–गुणस्तरीय हीटिङ, झट्का तथा पानी–प्रतिरोधी संरचना र ऊर्जा–दक्ष सञ्चालन क्षमतासहितका मोडेलको रूपमा प्रस्तुत गरेको छ। Enamel–coated ट्याङ्की र जर्मन प्रविधिको समावेशले उत्पादनलाई दीगो तथा सुरक्षित बनाएको कम्पनीको दाबी छ।

    त्यस्तै Elecia सिरिज कम्पनीले प्रिमियम फिनिस, आधुनिक डिजिटल इन्डिकेटर र उन्नत सुरक्षा सुविधासहितको प्रिमियम लाइनअपका रूपमा प्रस्तुत गरेको छ। Elecia मोडेलहरूमा प्रयोग गरिएका रंग तथा डिजाइन आधुनिक बाथरूम इन्टेरियरसँग सजिलै मेल खाने किसिमका रहेको कम्पनीले जनाएको छ। यी मोडेलमा सहज फ्रन्ट–कन्ट्रोल, ऊर्जा बचत गर्ने प्रविधि तथा उच्च–प्रदर्शन क्षमता समावेश छन्।

    Burly Home Appliances ले Cooling, Heating, Kitchen तथा Home–Comfort श्रेणीका आधुनिक र ऊर्जा–दक्ष उत्पादनमार्फत दक्षिण एसियाली बजारमा छोटो समयमा नै लोकप्रियता कमाएको छ। जर्मन प्रविधिमा आधारित डिजाइन र उपभोक्ता–मैत्री प्रदर्शनका कारण कम्पनीका उत्पादनहरू नेपालमा पनि छिट्टै बजार विस्तार गरिरहेका छन्। नेपालमा बर्लीका सम्पूर्ण उत्पादन CG Electronics मार्फत मात्र उपलब्ध छन्।

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स क्षेत्रमा अग्रणी मानिएको CG Electronics ले देशभर २१ शोरुम, ४० सेवा केन्द्र तथा cgdigital.com.np मार्फत अनलाइन सेवा सञ्चालन गरिरहेको छ। कम्पनीले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र दिगो सेवा–प्रदानमार्फत उपभोक्ताको विश्वास कायम राख्दै आएको छ।

    Kathmandu — Burly Home Appliances, a rapidly expanding international home-comfort brand, has introduced six new storage water geyser models in the Nepali market. After the successful launch of 17 air cooler models last year, the company has now broadened its product portfolio with the Elegance and Elecia series. Equipped with advanced German technology, modern design features, and enhanced safety mechanisms, these new models are aimed at meeting the heating needs of Nepali households.

    CG Electronics, the official importer and sole distributor of Burly products in Nepal, announced that sales and distribution of the new geysers have formally begun. According to the company, Burly’s entry into the geyser segment reflects its commitment to providing durable, safe, and energy-efficient solutions tailored for Nepali consumers. Company representatives stated, “Following the overwhelming response to our air coolers, we are excited to introduce high-quality water geysers designed especially for the comfort and safety of Nepali families.”

    The newly launched Burly geysers come with an attractive warranty package—seven years on the water tank and two years each on the heating element and overall product. The company has unveiled a total of six models under two series: three under the Elegance line (Elegance 10 Ltr, 15 Ltr, and 25 Ltr) and three under the Elecia line (Elecia 25 Black, 25 Golden, and 15 Golden).

    The Elegance series features a clean minimalist design, high-grade heating performance, shock- and water-proof construction, and energy-efficient operation. Its enamel-coated tank and German technology integration are intended to ensure longevity, reliability, and improved user experience.

    The Elecia series, meanwhile, has been positioned as a premium lineup, offering modern digital indicators, refined finishes, enhanced safety features, and efficient heating elements. With color options such as premium black and gold, Elecia models are designed to complement contemporary bathroom interiors. User-friendly front controls, energy-saving technology, and German-engineered construction are among the key highlights.

    Burly Home Appliances has quickly gained traction in South Asian markets with its focus on cooling, heating, kitchen, and home-comfort products. Its German-technology-based engineering, durable build quality, and consumer-friendly performance have contributed to its growing popularity. In Nepal, all Burly products are exclusively available through CG Electronics.

    CG Electronics—one of Nepal’s leading electronics brands for more than four decades—continues to expand its footprint through 21 showrooms, 40 service centers, and its e-commerce platform cgdigital.com.np. The company has consistently focused on high-quality products, innovation, and reliable after-sales service, securing strong consumer trust nationwide.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026