
Investor
1 min read
NEPSE TRADING
सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि व्यवसायी दीपक भट्ट कालोसूचीमा, पासपोर्ट रोक्काBusinessman Deepak Bhatt Blacklisted Amid Money Laundering Probe, Passport Suspended
काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको खुलेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेसँगै सम्बन्धित निकायको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्राप्त पत्रपछि अध्यागमन विभागले भट्टमाथि निगरानी कडा बनाउँदै कालोसूचीमा समावेश गरेको हो। यससँगै उनको पासपोर्ट समेत रोक्का गरिएको जनाइएको छ, जसका कारण उनी विदेश आवतजावत गर्न नपाउने अवस्था सिर्जना भएको छ।भट्टले इन्फिनिटी होल्डिङ्समार्फत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका थिए। तीमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनीमा गरिएको लगानी विशेष रूपमा छानबिनको दायरामा परेको बुझिएको छ। उक्त लगानीको स्रोत स्पष्ट नदेखिएको र सोही माध्यमबाट ठूलो रकमलाई वैध बनाउन खोजिएको आशंका गरिएको स्रोतको भनाइ छ।यसअघि पनि ठूला ठेक्का तथा खरिद प्रक्रियामा बिचौलियाको भूमिकामा संलग्न रहेको भन्दै भट्टको नाम पटक–पटक विवादमा आउने गरेको थियो। राजनीतिक पहुँच प्रयोग गरी निर्णयहरूमा प्रभाव पार्ने र स्वार्थअनुसार काम गराउने आरोप समेत उनीमाथि लाग्दै आएको छ।सम्बन्धित निकायहरूले अनुसन्धानलाई अझ अघि बढाउने तयारी गरिरहेका छन् भने आवश्यक परे कानुनी कारबाहीको दायरा थप विस्तार गरिने संकेत गरिएको छ।
Kathmandu – Businessman Deepak Bhatt has been placed on the immigration blacklist following an ongoing investigation into alleged money laundering activities, according to sources.The Department of Immigration took the step after receiving a formal communication from the Department of Money Laundering Investigation. With the blacklisting in effect, Bhatt’s passport has also been suspended, restricting his ability to travel abroad.Bhatt has reportedly been investing in multiple companies through Infinity Holdings, including Himalayan Reinsurance Company. Authorities have raised concerns over the unclear sources of funds used in these investments, suspecting attempts to legitimize large sums of money through such channels.Bhatt has previously been linked to controversies involving major public procurement and contract deals, where he is alleged to have acted as an intermediary. He has also faced accusations of leveraging political connections to influence decisions in favor of vested interests.Officials indicate that the investigation is ongoing, and further legal actions may follow based on the findings.




