
युस्टाकियोको अन्तिम क्षणको गोलले क्यानडा इतिहास रच्दै अन्तिम १६ माCanada Reach Round of 16 with Eustaquio's Last-Gasp Winner
फिफा विश्वकप २०२६ मा क्यानडाले आफ्नो इतिहासकै सबैभन्दा ठूलो सफलता हात पारेको छ। कप्तान स्टेफेन युस्टाकियोले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको शक्तिशाली गोलको बदौलत क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले हराउँदै पहिलोपटक विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो।
आइतबार लस एन्जलसमा खेलिएको यो खेल निर्धारित ९० मिनेटसम्म गोलविहीन रह्यो। दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले एकपछि अर्को उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे। डिफेन्डर अब्रे मोडिबाले मोइसे बोम्बिटोको हेडर गोललाइनबाटै क्लियर गरेर क्यानडालाई रोके।
७५औँ मिनेटमा अल्फोन्सो डेभिस मैदानमा प्रवेश गरेपछि क्यानडाको आक्रमण झन् तीव्र बन्यो। इन्जुरी समयमा पेनाल्टी क्षेत्र बाहिर बाउन्स भएको बलमा युस्टाकियोले जोडदार प्रहार गर्दै जाली चुमाए र क्यानडालाई ऐतिहासिक जित दिलाए। शानदार प्रदर्शनका लागि उनी 'प्लेयर अफ दि म्याच' पनि घोषित भए।
तेस्रोपटक विश्वकपमा खेलिरहेको क्यानडाले यसअघि कहिल्यै समूह चरण नाघेको थिएन। अब क्वार्टरफाइनल प्रवेशका लागि उनीहरू नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछन्।
पराजित भए पनि दक्षिण अफ्रिकाले यस टूर्नामेन्टमा पहिलोपटक नकआउट चरण प्रवेश गरेर आफ्नै इतिहास बनाएको थियो। ७४ वर्षीय प्रशिक्षक ह्युगो ब्रुस विश्वकपको नकआउट चरणमा टोलीको नेतृत्व गर्ने अहिलेसम्मकै सबैभन्दा पाका प्रशिक्षक बन्न पुगे, जसले सन् २०१८ मा उरुग्वेका ओस्कार तबारेजले बनाएको कीर्तिमान तोडेका हुन्।
Canada have made history at FIFA World Cup 2026, advancing to the Round of 16 for the very first time. Captain Stephen Eustaquio's powerful strike in the second minute of injury time proved to be the difference as Canada edged South Africa 1–0 in Los Angeles on Sunday.
The match remained goalless through 90 minutes with both sides creating chances but failing to convert. South Africa goalkeeper Ronwen Williams produced a string of outstanding saves to keep his side in the contest, while defender Aubrey Modiba cleared a Moise Bombito header off the line to deny Canada.
The introduction of star winger Alphonso Davies in the 75th minute injected fresh energy into Canada's attack. The pressure finally paid off in injury time when Eustaquio met a bouncing ball outside the penalty area and unleashed a fierce effort into the net, sending Canadian fans into wild celebrations. The skipper was named Player of the Match for his heroic performance.
Canada, appearing at the World Cup for only the third time, had never previously gone beyond the group stage. They will now face the winner of the Netherlands versus Morocco clash in the quarterfinal.
Despite the defeat, South Africa had already written their own chapter in history by reaching the knockout stage for the first time. Their coach Hugo Broos, aged 74, became the oldest manager ever to lead a team in the World Cup knockout rounds, surpassing the record previously held by Uruguay's Oscar Tabarez set in 2018.



