
नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्तChandra Singh Saud Appointed as Chairman of Nepal Insurance
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको जेठ १२ गते बसेको बैठकले साउदलाई चार वर्षको कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो।
साउद यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत भइसकेका अनुभवी व्यक्ति हुन्।
उद्योग, वित्तीय क्षेत्र र पुँजी बजारमा लामो अनुभव बटुलेका साउदको नेतृत्वमा नेपाल इन्स्योरेन्सले अझ प्रभावकारी सेवा र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
Chandra Singh Saud has been appointed as the Chairman of Nepal Insurance Company Limited.
The company’s Board of Directors made the decision during a meeting held on Jestha 12 (May 25), appointing Saud for a four-year term.
Saud is a former Chief Executive Officer (CEO) of the Nepal Stock Exchange (NEPSE) and brings extensive experience in the insurance, financial, and capital markets sectors.
His leadership is expected to enhance the company’s service delivery and strengthen its overall management and governance.




