
Investor
1 min read
NEPSE TRADING
छिमेक लघुवित्तका ६९ हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४४५ रुपैयाँChhimek Laghubitta Auctions 69,000 Promoter Shares at Minimum Price of Rs. 445
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले ६९ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले यसपटक सर्वसाधारणसहित इच्छुक सबै लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ।लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ, जसअनुसार न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।कम्पनीका अनुसार बोलपत्र पेश गर्ने प्रक्रिया वैशाख १० गतेदेखि सुरु भइसकेको छ। लगानीकर्ताले वैशाख २१ गते बैंकिङ समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ।बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड को कार्यालयबाट प्राप्त गर्न सकिनेछ भने सोही स्थानमा बुझाउन सकिने व्यवस्था गरिएको छ।यस लिलामीमार्फत कम्पनीले संस्थापक समूहको सेयर संरचनामा आवश्यक समायोजन गर्दै लगानीकर्तालाई नयाँ अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
Kathmandu — Chhimek Laghubitta Bittiya Sanstha Limited has announced the auction of 69,000 units of its promoter (founder) shares. The company has opened the bidding process to all interested investors, including the general public.The minimum price for the shares has been set at Rs. 445 per unit. Investors are required to submit sealed bids, with a minimum application of 5,000 units and the option to apply for up to the full quantity available.According to the company, the bid submission process began on Baisakh 10 and will remain open until Baisakh 21 during banking hours.Application forms can be obtained from the office of NIC Asia Capital Limited, located in Thapathali, Kathmandu, where completed bids must also be submitted.Through this auction, the company aims to restructure its promoter shareholding and provide new investment opportunities to the market.




