काठमाडौँ — छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको संचित मुनाफाबाट प्रस्तावित लाभांश अनुमोदन गर्न २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले आगामी पुस ६ गते सोमबार मकवानपुरको हेटौँडास्थित होटल सामना प्रा.लि. को सभाहलमा बिहान ११ बजे सभा सुरु हुने गरी मिति तय गरेको हो।
सभाले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १३.०३६९ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थासँग गाभ्ने वा गाभिने (मर्जर तथा एक्विजिसन) प्रक्रिया अघि बढाउन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेन्डा पनि सभामा पेस हुनेछन्।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर २२ गते एक दिन बुकक्लोज (सेयरधनी दर्ता पुस्तिका बन्द) गर्ने निर्णय गरेको छ। तसर्थ, मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
Kathmandu — Chhimek Laghubitta Bittiya Sanstha Limited (CBBL) has convened its 25th Annual General Meeting (AGM) to endorse the dividend proposed from the accumulated profits of the previous fiscal year. The microfinance institution has scheduled the assembly for Monday, Poush 6, starting at 11:00 AM at the assembly hall of Hotel Samana Pvt. Ltd. in Hetauda, Makawanpur.
The meeting will pass a special resolution to distribute a total dividend of 25 percent based on the current paid-up capital, comprising 11.9631 percent in bonus shares and 13.0369 percent in cash, inclusive of tax purposes. Other key agendas include delegating full authority to the board of directors to pursue merger or acquisition processes with suitable microfinance institutions, amending the company's memorandum and articles of association, and appointing an auditor.
For the purpose of the AGM and dividend distribution, the microfinance institution has decided to close its shareholder register (book closure) for a single day on Mangsir 22. Consequently, only shareholders who maintain ownership through trades on the Nepal Stock Exchange (NEPSE) up to Mangsir 21 will be eligible to attend the assembly and receive the proposed dividend.