काठमाडौँ — मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको मंसिर १० गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित कुल लाभांशमध्ये सेयरधनीहरूले ९.५० प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन्। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि संस्थाले ०.५० प्रतिशत नगद लाभांश छुट्याएको छ।
सञ्चालक समितिले गरेको यो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्र कार्यान्वयनको प्रक्रियामा जानेछ। केन्द्रीय बैंकबाट सहमति प्राप्त भई संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीको खातामा लाभांश पठाइने लघुवित्तले जनाएको छ।
Kathmandu — Mithila Laghubitta Bittiya Sanstha Limited (MLBBL) has proposed distributing a 10 percent dividend to its shareholders from the accumulated profits of the previous fiscal year. A meeting of the microfinance institution's board of directors held on Mangsir 10 decided to offer the dividend based on its current paid-up capital.
Out of the total proposed dividend, shareholders will receive 9.50 percent in bonus shares. The company has also allocated a 0.50 percent cash dividend to cover tax purposes on the bonus shares.
The board's decision will move forward for implementation only after receiving approval from the regulatory body, Nepal Rastra Bank. According to the microfinance institution, the dividend will be credited to shareholders' accounts once it secures central bank clearance and is endorsed by the upcoming annual general meeting.