NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. China Pushes for Establishment of SCO Development Bank at Annual Summit
    एससिओ शिखर सम्मेलनमा चीनले विकास बैंक स्थापना अघि बढाउने घोषणा
    Top
    1 min read
    Published on September 1, 2025
    NEPSE TRADING

    एससिओ शिखर सम्मेलनमा चीनले विकास बैंक स्थापना अघि बढाउने घोषणाChina Pushes for Establishment of SCO Development Bank at Annual Summit

    चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार चियानजिनमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) को वार्षिक शिखर सम्मेलनमा एससिओ विकास बैंकको स्थापना प्रक्रियालाई तीव्र बनाउन चीनले प्रयास गर्ने बताएका छन्।

    फोरममा सम्बोधन गर्दै उनले विश्व अवस्था जटिल र अशान्त बन्दै गएको उल्लेख गर्दै सदस्य राष्ट्रहरूले सुरक्षा र विकाससम्बन्धी चुनौतीपूर्ण जिम्मेवारीको सामना गरिरहेको बताए। साथै, उनले आगामी तीन वर्षमा एससिओ सदस्य राष्ट्रहरूलाई एक अर्ब ४० करोड डलर ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाए, तर यो रकम नयाँ बैंकका लागि मात्र नभएको स्पष्ट गरे।

    यस शिखर सम्मेलनमा चीन, रुस, भारत, इरानसहितका देशका शीर्ष नेताहरू सहभागी छन्। सन् २००१ मा स्थापना भएको एससिओमा हाल १० सदस्य राष्ट्र, अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक, तथा १४ अन्य राष्ट्र ‘संवाद साझेदार’का रूपमा छन्।

    चीनले यो सम्मेलनलाई कूटनीतिक प्रभाव विस्तार गर्ने अवसरका रूपमा लिएको छ। एससिओ विगतमा मुख्यतः सुरक्षा फोरमको रूपमा चिनिए पनि, चीनले विकास बैंक र ऋणमार्फत यसलाई आर्थिक र विकास सहयोगको मञ्चमा रूपान्तरण गर्ने संकेत दिएको छ।

    यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शिखर सम्मेलनअघिको सम्बोधनमा चीन–रुस साझेदारीलाई जोड दिँदै ‘भेदभावपूर्ण प्रतिबन्धहरू’को विरोध गर्ने बताएका छन्। उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा सुधारको माग गर्दै वित्तलाई नव–उपनिवेशवादको साधनका रूपमा प्रयोग नगर्नुपर्ने धारणा राखे।

    तर विज्ञहरूका अनुसार एससिओ अझै मुख्यतया सुरक्षा प्राथमिकतामा केन्द्रित छ। आलोचकहरूले यसलाई अधिनायकवादी शासनलाई बलियो बनाउने अभ्यासका रूपमा समेत व्याख्या गर्ने गरेका छन्।

    तथापि, चीनको ताजा कूटनीतिक सक्रियता र विकास बैंक स्थापनाको प्रस्तावले एससिओलाई भविष्यमा बढी प्रभावकारी मञ्च बनाउन सक्ने अनुमान गरिएको छ।

    Chinese President Xi Jinping announced on Monday at the Shanghai Cooperation Organization (SCO) annual summit in Tianjin that China will accelerate efforts to establish an SCO Development Bank.

    In his opening address, Xi noted that the world is becoming increasingly complex and turbulent, and SCO member states are facing mounting security and development challenges. He also pledged $1.4 billion in loans to SCO member nations over the next three years, clarifying that the funds are not solely dedicated to the proposed new bank.

    The summit brought together top leaders from China, Russia, India, Iran, and several other nations. Established in 2001, the SCO currently has 10 member states, with Afghanistan and Mongolia as observers and 14 other countries engaged as dialogue partners.

    China has positioned the summit as an opportunity to expand its diplomatic influence. Traditionally seen as a security forum, the SCO could shift toward development and economic cooperation if the proposed bank and lending programs move forward.

    Russian President Vladimir Putin, in remarks ahead of the summit, emphasized Russia–China partnership, opposing what he called “discriminatory sanctions.” He also urged reforms in global financial institutions like the IMF and World Bank, stressing that finance should not be used as a tool of neo-colonialism.

    However, experts suggest that the SCO still primarily focuses on security issues. Critics argue that the organization’s counterterrorism exercises often serve more to protect authoritarian regimes than to combat real terrorism.

    Nevertheless, Xi’s latest diplomatic push and the proposal to establish a development bank could strengthen the SCO’s role as a more influential platform in global governance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026