NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. China’s Economy Grows 5% in 2025 on Export Strength, but Momentum Slows Toward Year-End
    निर्यातको बलमा चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्यो, वर्षको अन्त्यमा वृद्धिदर सुस्त
    Latest
    2 min read
    Published on January 20, 2026
    NEPSE TRADING

    निर्यातको बलमा चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्यो, वर्षको अन्त्यमा वृद्धिदर सुस्तChina’s Economy Grows 5% in 2025 on Export Strength, but Momentum Slows Toward Year-End

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले लगाएका आयात कर र व्यापारिक दबाबबीच पनि चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक ५ प्रतिशतले विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको छ। तर वर्षको अन्तिम त्रैमासिकमा आर्थिक गति भने सुस्तिँदै ४.५ प्रतिशतमा झरेको छ, जसले आगामी दिनका चुनौतीलाई संकेत गरेको छ।

    चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स का अनुसार अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा अर्थतन्त्र केवल १.२ प्रतिशतले बढ्यो। यो सन् २०२२ को अन्त्ययताकै सबैभन्दा कमजोर त्रैमासिक प्रदर्शन हो। यसअघि तेस्रो त्रैमासिकमा ४.८ प्रतिशतको वृद्धि देखिएको थियो। यद्यपि समग्र वार्षिक वृद्धिदर भने सरकारले तोकेको ‘करिब ५ प्रतिशत’ को लक्ष्यसँग मेल खान पुगेको छ।

    चीनको आर्थिक विस्तारमा यस वर्ष निर्यात मुख्य आधार बनेको देखिन्छ। कमजोर उपभोक्ता खर्च र निजी लगानीको असरलाई बलियो निर्यातले सन्तुलनमा राख्दा चीनले सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलर बराबरको रेकर्ड व्यापार अधिशेष कायम गर्न सफल भएको सरकारी तथ्याङ्कले देखाएको छ। तर अमेरिकातर्फको निर्यात भने अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले घटेको छ।

    सरकारी अधिकारीहरूका अनुसार अमेरिका केन्द्रित निर्यात घटे पनि युरोप, एशिया र विकासोन्मुख मुलुकतर्फको ढुवानी बढेकाले समग्र निर्यातमा ठूलो धक्का लाग्न पाएन। यसै सन्दर्भमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच व्यापार युद्धमा अस्थायी युद्धविराम विस्तार गर्ने सहमतिले निर्यातमाथिको दबाब केही हदसम्म कम भएको विश्लेषण गरिएको छ।

    तर अर्थशास्त्रीहरूले निर्यातमा अत्यधिक निर्भर वृद्धिको दीर्घकालीन स्थायित्वप्रति शंका व्यक्त गरेका छन्। डच बैंक आइएनजी का ग्रेटर चीन प्रमुख अर्थशास्त्री लिन सङका अनुसार अन्य मुलुकहरूले पनि चीनमाथि आयात शुल्क बढाएमा अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ। “निर्यात अहिले सहारा बनेको छ, तर यो स्थायी समाधान होइन,” उनको भनाइ छ।

    घरेलु अर्थतन्त्रतर्फ हेर्दा रियल स्टेट क्षेत्रमा लामो समयदेखि देखिएको मन्दी र महामारीपछिको कमजोरी अझै हट्न सकेको छैन। घरेलु माग बढाउन सरकारले अघि सारेका ऊर्जा–दक्ष सवारीसाधन साटफेर कार्यक्रम र घरेलु उपकरणमा दिइएका सब्सिडीहरू अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको विश्लेषकहरूको निष्कर्ष छ।

    बीएनपी परिबास एसेट म्यानेजमेन्ट का वरिष्ठ रणनीतिकार ची लोका अनुसार सम्पत्ति बजार स्थिर नभएसम्म उपभोग र निजी लगानीमा उल्लेखनीय सुधार आउन कठिन छ। “घरजग्गा बजारमा भरोसा फर्किएपछि मात्र आम नागरिकले खर्च बढाउने सम्भावना देखिन्छ,” उनले बताएका छन्।

    यसैबीच कृत्रिम बौद्धिकता (एआई) र उन्नत प्रविधिमा लगानी चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख प्राथमिकतामा रहे पनि रोजगारी र आम्दानीको अनिश्चितताले आम नागरिक र साना व्यवसाय दबाबमा छन्। उच्च प्रविधिमा केन्द्रित वृद्धिले तत्काल सर्वसाधारणको जीवनस्तर सुधार नगरेको टिप्पणी पनि सुनिन थालेको छ।

    नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सका प्रमुख काङ यीले धेरै चुनौतीबीच पनि सन् २०२५ मा अर्थतन्त्रले ‘स्थिर प्रगति’ कायम राखेको दाबी गरेका छन्। तर केही अन्तर्राष्ट्रिय विश्लेषकहरूले वास्तविक वृद्धि दर सरकारी तथ्याङ्कभन्दा कम हुन सक्ने अनुमान गरेका छन्।

    विश्लेषकहरूका अनुसार सामाजिक स्थिरता कायम राख्न चीनले दीर्घकालसम्म ४ देखि ५ प्रतिशत वार्षिक आर्थिक वृद्धि कायम राख्नुपर्नेछ। यही पृष्ठभूमिमा डाएचे बैंक ले सन् २०२६ मा चीनको अर्थतन्त्र केवल ४.५ प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण गरेको छ, जसले आगामी वर्षहरूमा चीनका नीति निर्माता लागि चुनौती अझै बढ्ने संकेत गर्छ।

    Despite pressure from import tariffs imposed by former U.S. President Donald Trump, China’s economy expanded by an annual 5 percent in 2025, supported largely by strong export performance, according to official government data. However, the pace of growth slowed noticeably in the final quarter of the year, highlighting underlying structural weaknesses in domestic demand.

    Data released by the National Bureau of Statistics of China show that the economy grew by just 1.2 percent between October and December, marking the weakest quarterly performance since the end of 2022. This compares with a 4.8 percent expansion recorded in the third quarter. On an annual basis, overall growth aligned with the government’s target of “around 5 percent,” a figure Beijing has repeatedly emphasized as necessary for economic stability.

    Exports once again emerged as the main pillar of growth, offsetting sluggish consumer spending and weak private investment. China posted a record trade surplus of nearly USD 1.2 trillion in 2025, underlining the scale of its external sector. However, exports to the United States fell by around 20 percent year-on-year, reflecting the lingering impact of tariffs and trade tensions. Chinese officials said increased shipments to other regions helped cushion the blow from declining U.S.-bound exports.

    Trade pressures eased somewhat after China and the United States agreed to extend a temporary truce in their trade dispute following discussions between Trump and Chinese President Xi Jinping. While the pause has reduced immediate risks for exporters, analysts caution that uncertainty remains high as trade policy continues to be shaped by geopolitical considerations.

    Economists have raised concerns over the sustainability of China’s export-driven growth model. Lin Song, Greater China chief economist at Dutch bank ING, warned that China could face sharper economic headwinds if more countries follow the U.S. in raising import tariffs. He noted that relying on external demand alone may expose the economy to sudden shocks beyond Beijing’s control.

    On the domestic front, long-standing weakness in the real estate sector and lingering post-pandemic effects continue to weigh heavily on economic activity. Government measures aimed at boosting consumption, including subsidy programs for energy-efficient vehicle replacement and household appliances, have progressed more slowly than expected, limiting their overall impact on demand.

    According to Chi Lo, senior strategist at BNP Paribas Asset Management, a meaningful recovery in consumption and private investment is unlikely until stability returns to the property market. He stressed that housing remains central to household wealth and confidence, and without a turnaround in this sector, broader domestic demand is likely to remain subdued.

    Meanwhile, investment in artificial intelligence and advanced technologies has been elevated to a top priority by the Chinese Communist Party. However, analysts note that gains from high-tech investment have yet to translate into widespread job security and income growth. Ordinary citizens and small businesses continue to face uncertainty, raising questions about how inclusive China’s current growth model truly is.

    National Bureau of Statistics head Kang Yi said China’s economy had maintained “steady progress” in 2025 despite multiple challenges. Nevertheless, several international analysts remain skeptical, suggesting that actual growth may be lower than official figures indicate due to weak internal demand and mounting debt pressures.

    Looking ahead, economists argue that China must sustain annual growth of 4 to 5 percent over the long term to preserve social stability and employment. Reflecting these concerns, Deutsche Bank has projected that China’s economy will expand by only 4.5 percent in 2026, signaling a more challenging outlook as export momentum fades and domestic reforms become increasingly urgent.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026