·

नेप्से सीईओमा चुडामणि चापागाईं नियुक्त

Author

Nepse trading

नेप्से सीईओमा चुडामणि चापागाईं नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले झापाका चापागाईंलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। चापागाईंले लामो समय सानिमा बैंकमा काम गरेका थिए र हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रूपमा कार्यरत थिए।

यसअघि नारदकुमार लुइँटेललाई नेप्से सीईओमा नियुक्त गर्ने निर्णय भए पनि मुख्यसचिवबाट प्रमाणित नभएपछि मन्त्रिपरिषद्ले नयाँ नियुक्ति गरेको हो। पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस गर्दा विवाद हुन सक्ने देखिएपछि सरकार पछि हटेको थियो। माघ २५ देखि रिक्त रहेको पदमा अन्ततः चापागाईंलाई नियुक्त गरिएको हो।

Related News