सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी जारी कानूनी व्यवस्था बमोजिम विद्यमान बीमित ग्राहकहरुको ग्राहक पहिचान विवरणहरु अद्यावधिक गरी राख्नुपर्ने भएकोले ग्राहक महानुभावहरुले आफ्नो राष्ट्रिय परिचय पत्र (National ID Card) तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहित आफ्नो नजिकको शाखा/उपशाखा कार्यालयमा उपस्थित भई आफ्नो ग्राहक पहिचान फाराम (KYC Form) भरी अनिवार्य रुपमा अद्यावधिक गराउनु हुन सम्बन्धित बीमित ग्राहक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।
विविध कारणवश कम्पनीको कार्यालयमा उपस्थित हुन असमर्थ बीमित महानुभावहरुले आफ्नो सम्बन्धित अभिकर्ता वा कम्पनीको website (https://citizenlifenepal.com/wp-content/uploads/2019/02/KYC-Form.pdf) बाट ग्राहक पहिचान फाराम (KYC Form) प्राप्त गरी कम्पनीको ग्राहक सेवा तथा संरक्षण विभागको इमेल ठेगाना [email protected] तथा WhatsApp no. +977-9847386813 मा अद्यावधिक ग्राहक पहिचान फाराम (KYC Form) पठाई आफ्नो विवरण अद्यावधिक गर्न सकिने बेहोरा समेत अनुरोध गर्दछौं ।




