काठमाडौं — एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो वर्षको तुलनामा ४०.६० प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफा अघिल्लो वर्षभन्दा २९.०६ प्रतिशत बढी हो।
नियामकीय समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ। अग्राधिकार सेयरको लाभांश छुट्याएपछि साधारण सेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य नाफा उपलब्ध रहेको बैंकले जनाएको छ। प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा छ।
असार मसान्तसम्म बैंकको ग्राहक निक्षेप बढेर ३ खर्ब १५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह पनि २ खर्ब ४९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको स्थायी गैर–सञ्चयी अग्राधिकार सेयर जारी गरी अतिरिक्त टियर–१ पुँजी थपेको छ। बैंकको कुल पुँजी पर्याप्तता अनुपात १२.७३ प्रतिशत र टियर–१ अनुपात ९.९० प्रतिशत रहेको छ।
नाफा र व्यवसाय बढे पनि बैंकको निष्क्रिय कर्जा भने ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थापन ९२.५७ प्रतिशत कायम गरेको जनाएको छ।
बैंकले आगामी वर्ष कर्जा असुली, निष्क्रिय कर्जा नियन्त्रण, डिजिटल बैंकिङ विस्तार र सञ्चालन खर्च घटाउने रणनीति लिएको छ। ऊर्जा, कृषि, उत्पादनमूलक क्षेत्र र खुद्रा कर्जामा केन्द्रित भएर व्यवसाय विस्तार गर्ने योजना बैंकको छ।
Kathmandu — NMB Bank earned a net profit of Rs 4.01 billion in the fiscal year 2082/83, according to its unaudited fourth-quarter financial report. The profit increased by 40.60 percent compared to Rs 2.85 billion recorded in the previous fiscal year.
The bank’s net interest income rose by 17.52 percent to Rs 9.42 billion. Fee and commission income reached Rs 2.59 billion, while operating profit increased by 29.06 percent to Rs 6.11 billion.
After regulatory adjustments, the bank reported a total distributable profit of Rs 1.87 billion. Following the allocation of dividends for preference shareholders, Rs 1.75 billion remained available for ordinary shareholders. The distributable profit per share stood at Rs 9.08.
By the end of the fiscal year, customer deposits had increased to Rs 315.12 billion, while loans and advances reached Rs 249.80 billion. The bank’s total assets rose to Rs 397.38 billion.
The bank also strengthened its capital base by issuing permanent non-cumulative preference shares worth Rs 3 billion. Its total capital adequacy ratio stood at 12.73 percent, while the Tier-1 capital ratio was 9.90 percent.
Despite the improvement in profit and business growth, the bank’s non-performing loan ratio increased from 4.11 percent to 4.91 percent. The bank said it had maintained loan-loss coverage of 92.57 percent to manage potential credit risks.
NMB Bank has identified loan recovery, control of non-performing loans, digital banking expansion and operating cost management as its major priorities for the coming year. It also plans to expand lending in the energy, agriculture, manufacturing and retail sectors.