
सिटिजन लाइफ इन्स्योरेन्सको २०% नगद लाभांश प्रस्ताव सार्वजनिकCitizen Life Insurance Proposes 20% Cash Dividend
सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। अब नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीहरूले प्राप्त गर्नेछन्। कम्पनीले स्थिर वित्तीय प्रदर्शन र शेयरधनीमैत्री नीतिको निरन्तरताको रूपमा यस वर्ष पनि आकर्षक दरमा लाभांश प्रस्ताव गरेको हो।
Citizen Life Insurance (CLI) has announced a 20% cash dividend (tax included) to its shareholders from the profit of the last fiscal year. The decision was approved during the board meeting held on December 9 (Mangsir 24). The proposed dividend will be distributed after receiving approval from the Insurance Authority and endorsement by the upcoming Annual General Meeting (AGM). The company stated that the dividend reflects its consistent financial performance and commitment to shareholder returns.




