NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Citizens Bank Honored with “Bank of the Year 2025” Award in London
    सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२५’ अवार्डबाट सम्मानित
    Investor
    2 min read
    Published on December 4, 2025
    NEPSE TRADING

    सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२५’ अवार्डबाट सम्मानितCitizens Bank Honored with “Bank of the Year 2025” Award in London

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२५’ अवार्डबाट सम्मानित भएको छ। युके–स्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ३ तारिखमा लण्डनमा आयोजना गरेको औपचारिक समारोहका बीच बैंकलाई यो अवार्ड प्रदान गरिएको हो।

    बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले लण्डनमा आयोजित सो कार्यक्रममा संयुक्त रूपमा अवार्ड ग्रहण गरेका छन्। यसअघि बैंक अफ द ईयर २०२४ अवार्ड पनि प्राप्त गरिसकेको सिटिजन्स बैंकले लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित पुरस्कार हात पार्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

    समारोहमा १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, सीईओ तथा उच्च अधिकारी गरी ४०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता थियो। अवार्ड ग्रहण गर्दै अध्यक्ष पाण्डेले “बैंकिङ क्षेत्रको ओस्कार मानिने यस अवार्डलाई लगातार दुई वर्ष प्राप्त गर्नु हाम्रो लागि अत्यन्त गर्वको विषय हो,” भन्दै आगामी दिनमा अझ ग्राहकमैत्री, आधुनिक र जिम्मेवार बैंकिङ सेवा विस्तार गर्ने प्रेरणा मिलेको बताएका छन्।

    त्यसैगरी, सीईओ पोखरेलले अवार्ड प्राप्तिको श्रेय कर्मचारीहरूको निरन्तर परिश्रम, नियामक निकाय र ग्राहकको निरन्तर समर्थनलाई दिए। उनले आगामी दिनमा ‘सुशासन, प्रुडेन्ट बैंकिङ र हरित बैंकिङ’ अभ्यासलाई अझ मजबुत बनाउँदै उत्कृष्ट सेवासुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

    नेपालमा २००२ देखि यो अवार्ड वितरण हुँदै आएको छ र हालसम्म ९ वटा नेपाली बैंकले मात्र यो सम्मान प्राप्त गरेका छन्। द फाइनान्सियल टाईम्सले बैंकहरूको वार्षिक कार्यसम्पादन, नवप्रवर्तन, ग्राहक सेवा, जोखिम व्यवस्थापन र दीगो व्यवसायिक अभ्यासलाई मूल्यांकन गरेर अवार्ड प्रदान गर्दै आएको छ। अवार्ड प्राप्त गर्ने बैंकहरूको सूची यसको म्यागजिन ‘द बैंकर’ मार्फत प्रकाशित हुन्छ।

    सिटिजन्स बैंकले हालसालै आफ्नो सेवामा निरन्तर नयाँ नवप्रवर्तनहरू थप्दै आएको छ। बैंकले फोनपेसँग सहकार्यमा नेपालमै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। त्यस्तै, युवा पुस्तालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग्स अकाउन्ट’, एकीकृत डिजिटल बैंकिङ प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सर सेविङ्ग्स अकाउन्ट जस्ता नयाँ प्रोडक्ट सार्वजनिक गरेको छ।

    यसका अतिरिक्त, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर प्राप्त गर्न मिल्ने सुविधा, तथा ‘क्रस बैंक टेलर’ सुविधा—जहाँ अन्य बैंकका ग्राहकले समेत सिटिजन्स शाखामा टेलर क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने व्यवस्था—समेत बैंकले सुरु गरेको छ।

    देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत बैंकले १९ लाख ५६ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    Citizens Bank International Limited has been honored with the prestigious global “Bank of the Year 2025” award, one of the most respected recognitions in the international banking industry. The award was presented during a ceremony organized on December 3 in London by The Financial Times, UK.

    The bank’s Chairman Prabal Jung Pandey and Chief Executive Officer Ganesh Raj Pokharel jointly represented the bank at the event and accepted the award. Citizens Bank had already received the Bank of the Year 2024 award last year, making this the second consecutive year it has achieved this prestigious global honor.

    The ceremony saw the presence of more than 400 participants, including chairpersons, CEOs, and officials from banks representing over 125 countries. Speaking after receiving the award, Chairman Pandey said that being recognized with the global “Bank of the Year 2025”—often considered the “Oscar of the banking sector”—for two consecutive years was a matter of immense pride. He added that the recognition has further encouraged the bank to deliver modern, customer-friendly, and responsible banking services.

    Similarly, CEO Pokharel credited the achievement to the continuous support of regulators, stakeholders, and the tireless efforts of the bank’s employees. He reaffirmed the bank’s commitment to strengthening good governance, prudent banking practices, and green banking initiatives while delivering superior financial services in the future.

    Nepal has been receiving this award since 2002, and so far, only nine Nepali banks have earned this recognition. The Financial Times evaluates banks based on annual performance, innovations, customer service, operational efficiency, governance, and sustainable practices before announcing the winners. The list of awarded banks is published annually through its renowned magazine, The Banker.

    Citizens Bank has recently introduced several innovative digital products and services. In partnership with Fonepay, the bank launched Nepal’s first-ever “Citizens Fonepay Virtual Credit Card.” It has also introduced the youth-focused “Citizens Gen-Z Savings Account” and an integrated digital banking platform known as “Citizens Digi Bank Services.”

    Additionally, the bank has launched a special “Freelancer Savings Account” designed for Nepal’s growing gig economy. For the first time in Nepal, the bank has enabled customers to apply for IPO shares and obtain a CRN number directly through its mobile banking app. The Cross-Bank Teller Service, which allows customers of other banks to withdraw cash by scanning a teller QR code at Citizens Bank branches, has also been introduced.

    Operating through 200 branches, 169 ATMs, 3 extended counters, and 42 branchless banking units across 61 districts, Citizens Bank currently serves more than 1.956 million customers with a range of modern banking services, the bank stated.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026