NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Citizens Bank Reports 45% Decline in Profit, Rise in Impairment Charges and Non-Performing...
    सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो, इम्पेयरमेन्ट चार्ज र खराब कर्जा अनुपातमा वृद्धि
    Investor
    1 min read
    Published on January 28, 2026
    NEPSE TRADING

    सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो, इम्पेयरमेन्ट चार्ज र खराब कर्जा अनुपातमा वृद्धिCitizens Bank Reports 45% Decline in Profit, Rise in Impairment Charges and Non-Performing Loan Ratio

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ प्रतिशतले घटेर ३५ करोड रुपैयाँमा सीमित भएको छ।

    बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात ४.८५ प्रतिशतबाट उक्लेर ६.८६ प्रतिशतमा पुगेको छ। जसका कारण बैंकको नाफामा उल्लेख्य दबाब परेको देखिन्छ।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि खुद शुल्क तथा कमिसन आम्दानीमा तीव्र गिरावट र इम्पेयरमेन्ट चार्ज उल्लेख्य बढेकाले बैंकको नाफा घट्न पुगेको हो।

    पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.२७ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ कायम भएको छ। तर, खुद शुल्क तथा कमिसन आम्दानी भने ५७.६८ प्रतिशतले घटेर २७ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ।

    यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ, जसका कारण लाभांश वितरण क्षमता कमजोर देखिएको छ। यसैगरी, सञ्चालन नाफा ४४.६८ प्रतिशतले घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको छ।

    नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४१.६८ गुणा कायम भएको छ।

    पुस मसान्तसम्म बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८२.६६ प्रतिशत र आधार दर ५.६२ प्रतिशत कायम रहेको छ।

    चुक्ता पूँजी १५ अर्ब ५० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा ८ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।

    Citizens Bank International Limited's net profit has decreased by 45% in the second quarter of the current fiscal year, reaching NPR 35 crore.

    The bank's impairment charge has increased from NPR 138 crore to NPR 183 crore, while the non-performing loan (NPL) ratio has risen from 4.85% to 6.86%, putting significant pressure on the bank's profits.

    As of the second quarter of the current fiscal year, the bank's net profit has fallen by 45.8% to NPR 35.88 crore, compared to NPR 66.18 crore in the same period last year.

    While interest income has shown moderate growth, a sharp decline in fee and commission income and a significant increase in impairment charges have led to a reduction in the bank's overall profit.

    By the end of December, the bank's interest income increased by 2.27%, reaching NPR 314.45 crore, while total operating income rose by 4.68% to NPR 411.87 crore. However, fee and commission income saw a dramatic decrease of 57.68%, falling to NPR 27.28 crore.

    During this period, the bank's distributable profit turned negative, with a deficit of NPR 110 crore, weakening its capacity to distribute dividends. Similarly, operating profit decreased by 44.68%, dropping to NPR 50.41 crore.

    With the decline in profits, the bank's earnings per share (EPS) dropped from NPR 8.96 to NPR 4.63. The price-to-earnings ratio (P/E ratio) is currently at 41.68 times, and the net worth per share stands at NPR 149.79.

    As of the end of December, the bank has collected deposits worth NPR 2.10 trillion and disbursed loans totaling NPR 1.68 trillion. The loan-to-deposit ratio (CD ratio) stands at 82.66%, and the base rate is at 5.62%.

    The bank's paid-up capital is NPR 1.55 billion, and it holds reserves worth NPR 882 crore.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026