धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा
कोष प्रवर्द्धक: Bank International Ltd.
योजना व्यवस्थापक तथा डिपोजिटरी: Citizens Capital Ltd.
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित
सिटिजन्स सदाबहार योजना खुल्लामुखी योजना
अनलाईन दर्ता तथा कारोबार प्रणाली सञ्चालन बारेको सूचना
धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुल्लामुखी योजना “सिटिजन्स सदाबहार योजना (Citizens Sadabahar Yojana)” संग सम्बन्धित सम्पूर्ण सेवाहरु हालसम्म डिल्लीबजार, काठमाडौं स्थित सिटिजन्स क्यापिटल लिमिटेड तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शाखा कार्यालयहरुमा उपस्थित भई लिन सकिने व्यवस्था रहेकोमा योजनाका इकाईधनीहरु साथै योजनामा लगानी गर्न चाहने आम लगानीकर्ताहरुलाई थप सहज, सरल तथा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथै आवश्यक पूर्वाधार निर्माण गरी प्रविधि मैत्री बनाउने क्रममा आज मिति २०८३ असार १ गते देखि लागू हुने गरी योजनाको अनलाईन दर्ता तथा कारोबार प्रणाली सञ्चालन गर्ने व्यवस्था गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराउँदछौं।
अनलाईन प्रणाली मार्फत उपलब्ध हुने सुविधाहरु
- योजनाको इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी (Lump-sum Investment and Payment)
- व्यवस्थित लगानी योजना दर्ता (Systematic Investment Plan- SIP Registration)
- व्यवस्थित लगानी योजनाको किस्ता भुक्तानी (SIP Installment Payment)
- लाभांश पुनः लगानी योजना दर्ता (Dividend Reinvestment Plan- DReP Registration)
- अनलाईन प्रणालीको लगईन तथा दर्ता (Login/Signup)
साथै, माथि उल्लेखित सुविधाहरु बाहेक अन्य अनलाईन सुविधाहरु क्रमिक रुपमा थप गरिदै लगिने र योजनासँग सम्बन्धित सम्पूर्ण सेवाहरु डिल्लीबजार, काठमाडौं स्थित योजना व्यवस्थापकको कार्यालय तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शाखा कार्यालयहरुमा उपस्थित भई लिन सकिने व्यवस्था रहेको समेत यसै सूचना मार्फत जानकारी गराउँदछौं।
योजनाको अनलाईन दर्ता तथा कारोबार प्रणाली प्रयोग गर्नका लागि :
https://sip.citizenscapital.com.np/



