NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. City Hotel Limited Completes Allotment of Unsold Rights Shares, Announces Separate Cut-Off...
    सिटी होटल लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड सम्पन्न, तीन समूहका लागि अलग–अलग कट–अफ मूल्य निर्धारण
    Investor
    1 min read
    Published on November 28, 2025
    NEPSE TRADING

    सिटी होटल लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड सम्पन्न, तीन समूहका लागि अलग–अलग कट–अफ मूल्य निर्धारणCity Hotel Limited Completes Allotment of Unsold Rights Shares, Announces Separate Cut-Off Prices for Three Investor Categories

    सिटी होटल लिमिटेडले अवितरित हकप्रद शेयरहरूको बाँडफाँड प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरेको छ। कम्पनीले संस्थापक, कर्मचारी तथा सर्वसाधारण समूहमा बाँकी रहेका शेयर शिलबन्दी बोलपत्र प्रणालीमार्फत बिक्री गर्ने निर्णय गरेको थियो। निर्धारित समयावधि भित्र प्राप्त बोलपत्रहरूको मूल्यांकनपछि कम्पनीका सञ्चालक समितिले मंसिर ११ गते (२०८२/०८/११) अन्तिम बाँडफाँड स्वीकृत गरेको हो।

    यसअघि कम्पनीले कूल २१ लाख ५० हजार ४१८ कित्ता शेयर बिक्रीका लागि खुला गरेको थियो। जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहतर्फ लक–इन अवधि कायम ६ हजार कित्ता र सर्वसाधारण समूहतर्फ लक–इनमा नरहेका १ लाख ५४ हजार ४१९ कित्ता शेयर अवितरित रहेकाहरू थिए। यी शेयर कात्तिक २३ देखि कात्तिक ३० सम्म शिलबन्दी बोलपत्रका लागि खुला गरिएको थियो।

    बोलपत्र खोल्ने काम मंसिर ५ गते सम्पन्न गरिएको थियो। बोलपत्रको प्रतिस्पर्धा, माग र मूल्य प्रस्तावको तुलनाका आधारमा बाँडफाँड गर्दा तीनै समूहका लागि छुट्टाछुट्टै कट–अफ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ। संस्थापक समूहका लागि कट–अफ मूल्य रु २५१, कर्मचारी समूहका लक–इन शेयरका लागि रु ३०६.१० र सर्वसाधारण समूहका लक–इनमा नरहेका शेयरका लागि रु ४३६ कायम भएको छ। कम्पनीका अनुसार सोही मूल्य वा बढी प्रस्ताव गर्ने बोलपत्रकर्तालाई सापेक्षिक समानुपातिक विधिबाट शेयर वितरण गरिएको हो।

    बाँडफाँडमा नपरेका आवेदकहरूको रकम फिर्ता प्रक्रिया पनि सुरु गरिएको छ। मंसिर १२ गतेदेखि आवेदकले आफूले उल्लेख गरेको बैंक खातामा IPS प्रणालीमार्फत रकम पठाइने कम्पनीले जनाएको छ। रकम समयमै खातामा नपुगेमा प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क राख्न सकिने सूचना जारी गरिएको छ।

    कम्पनीले बाँडफाँडसँग सम्बन्धित विस्तृत विवरण बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ। पारदर्शी विधिबाट अगाडि बढाइएको यस प्रक्रियाले लगानीकर्ताको विश्वास बढाउने अपेक्षा गरिएको छ।

    City Hotel Limited has formally completed the allotment process for its unsold rights shares, concluding a multi-phase procedure that involved sealed bids from interested investors. The company had invited bids for unsold promoter, employee (lock-in), and ordinary (non-lock-in) shares after they remained unsubscribed during the rights issue. The allotment was finalized on Mangsir 11 (November 26, 2025), following a meeting of the company’s board.

    Earlier, the company had opened 21,50,418 units of unsold rights shares for bidding. These included 19,89,999 units from the promoter group, 6,000 units from employees under lock-in, and 1,54,419 units under the ordinary non-lock-in category. The sealed bid submission window had remained open from Kartik 23 to Kartik 30.

    The sealed bids were opened on Mangsir 5, and allotment decisions were made after evaluating the price proposals received from competing applicants. City Hotel Limited reported that the bids varied significantly across investor categories, which led to the determination of separate cut-off prices. The final cut-off rates set by the company are as follows:

    • Promoter Category: Rs. 251

    • Employee Lock-In Category: Rs. 306.10

    • Ordinary Non-Lock-In Category: Rs. 436

    Applicants who bid at or above these cut-off prices have been allotted shares on a proportional basis, depending on their bid quantity and the demand within each category.

    The hotel has also initiated the refund process for applicants who did not receive allotment. Refunds are being processed through the IPS fund transfer system starting Mangsir 12. Applicants have been advised to verify whether the refund amount has been credited to their bank accounts, and contact Prabhu Capital Limited, Kamaladi, if discrepancies are found.

    City Hotel Limited has also notified that the complete allotment details are available on the website of Prabhu Capital, the issue manager. The company believes that conducting the allotment through a transparent bidding and evaluation process will help strengthen investor confidence and maintain corporate governance standards.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026