सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
Author
NEPSE TRADING

सिटी होटल लिमिटेडले आगामी भदौ २३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको १०० अंकित मूल्यमा प्रतिकित्ता १ः०.८ अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने जानकारी दिएको छ। यसअनुसार, पुराना शेयरधनीहरूलाई १० कित्तामा ८ कित्ता हकप्रद शेयर प्राप्त हुनेछ।
कम्पनीले यस प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरेको थियो। तसर्थ, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूलाई मात्र हकप्रद शेयरका लागि आवेदन दिने अवसर हुनेछ। हकप्रद आवेदन प्रक्रिया असोज १२ गतेसम्म खुला रहनेछ।
सिटी होटलको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।