·
सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि साउन २७ गते बुक क्लोज गर्ने
Author
NEPSE TRADING

सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न लागेकाले बुक क्लोज मिति साउन २७ गते निर्धारण गरेको छ।
कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ बराबरको चुक्ता पुँजीअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरमा १:०.८ अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
यसका लागि साउन २७ गते बुक क्लोज गरिने भएकाले साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।
उक्त हकप्रद निष्कासनको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।