NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Coalition Breakup Rumors Subside with Governor Appointment
    गभर्नर नियुक्तिसँगै गठबन्धन टुट्ने हल्ला सेलायो
    Investor
    1 min read
    Published on May 20, 2025
    NEPSE trading

    गभर्नर नियुक्तिसँगै गठबन्धन टुट्ने हल्ला सेलायोCoalition Breakup Rumors Subside with Governor Appointment

    लामो समयको राजनीतिक खिचातानी र अनिश्चिततापछि सरकारले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयले सत्तारुढ गठबन्धनमा देखिएको तनावलाई कम गर्नुका साथै सरकार ढल्ने आशंकालाई पनि मत्थर पारेको छ ।

    नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नर नियुक्तिलाई लिएर लामो समयदेखि कुरा नमिल्दा गठबन्धनमा संकट आउने र सरकार नै धरापमा पर्ने चर्चा चलेको थियो। चैत २४ देखि रिक्त गभर्नर पदमा सहमति जुटाउन नसक्दा जेठ ५ मा तय भएको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता र मन्त्रिपरिषद् बैठक स्थगित हुँदा यस्ता हल्लाले थप बल पाएका थिए ।

    मंगलबार बालुवाटारमा भएको ओली र देउवाबीचको करिब एक घण्टाको भेटपछि गभर्नर नियुक्तिमा सहमति जुटेको हो । छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकले पनि भाग लिएका थिए। उनीहरूले नियुक्तिमा ढिलाइले बाहिर नकारात्मक सन्देश गएको भन्दै तत्काल निर्णय लिन सुझाएका थिए ।

    कांग्रेसले सुरुमा अन्य उम्मेदवारहरूको नाम अघि सारे पनि अन्ततः डा. विश्व पौडेलमा सहमति भएको हो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पौडेलको सट्टा अन्य विकल्प खोजेका थिए, तर कांग्रेसको दृढ अडान र गठबन्धनको स्थिरताका लागि उनले पौडेललाई नै स्वीकार गरे ।

    यो नियुक्तिसँगै गभर्नर पदको रिक्तता हटेको छ भने गठबन्धन र सरकारप्रति चलेका नकारात्मक हल्लाहरू पनि कमजोर बनेका छन् ।

    After prolonged political wrangling and uncertainty, the government has appointed Dr. Bishwa Poudel as the Governor of Nepal Rastra Bank. This decision, made during Tuesday’s Cabinet meeting, has not only eased tensions within the ruling coalition but also quelled fears of a government collapse.

    Disagreements between the CPN (UML) and Nepali Congress over the governor’s appointment had fueled speculation of a crisis in the coalition, potentially threatening the government’s stability. The governor’s post, vacant since March 24, remained unfilled due to a lack of consensus, and the postponement of a scheduled meeting between Prime Minister KP Sharma Oli and Congress President Sher Bahadur Deuba on May 5, along with the cancellation of a Cabinet meeting, further amplified these rumors.

    On Tuesday, a roughly one-hour meeting between Oli and Deuba at Baluwatar resulted in an agreement on the governor’s appointment. The discussion included Deputy Prime Minister and Finance Minister Bishnu Poudel and Home Minister Ramesh Lekhak, who emphasized the need for an immediate decision to counter the negative public perception caused by the delay.

    Although the Congress initially proposed other candidates, it ultimately agreed on Dr. Bishwa Poudel. Sources indicate that Prime Minister Oli had explored alternative options but accepted Poudel due to Congress’s firm stance and the need to maintain coalition stability.

    With this appointment, the vacancy in the governor’s post has been filled, and the negative rumors surrounding the coalition and government have significantly weakened.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026