NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Commercial and Development Banks Earn Nearly Rs 51 Billion Profit by Mid-Year; Nabil Bank ...
    माघसम्म वाणिज्य र विकास बैंकको नाफा ५१ अर्ब नजिक, नबिल अग्रस्थानमा
    Investor
    2 min read
    Published on March 16, 2026
    NEPSE TRADING

    माघसम्म वाणिज्य र विकास बैंकको नाफा ५१ अर्ब नजिक, नबिल अग्रस्थानमाCommercial and Development Banks Earn Nearly Rs 51 Billion Profit by Mid-Year; Nabil Bank Tops the List

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्म (माघ मसान्त) वाणिज्य बैंक र विकास बैंकहरूको वित्तीय अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार बैंकिङ क्षेत्रको समग्र नाफा उल्लेखनीय देखिएको छ। यद्यपि बैंकबीच नाफामा ठूलो अन्तर देखिएको छ भने केही विकास बैंकहरू घाटामा पनि गएका छन्।वाणिज्य बैंकमा नबिल अग्रस्थानमाराष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ४७ अर्ब १ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गरेका छन्। यस अवधिमा नबिल बैंक लिमिटेड सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। बैंकले करिब ५ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ४ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै कुमारी बैंक करिब ३ अर्ब १७ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ।उच्च नाफा कमाउने अन्य बैंकहरूमा एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनएमबी बैंक पनि परेका छन्। यी बैंकहरूले दुई अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्।त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि एक अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।सूचीको तल्लो भागमा रहेका बैंकहरूमा एनआईसी एसिया बैंक र लक्ष्मी सनराइज बैंक छन्। विशेषगरी लक्ष्मी सनराइज बैंकले सबैभन्दा कम अर्थात् करिब २४ करोड रुपैयाँ मात्रै नाफा कमाएको देखिन्छ।विकास बैंक क्षेत्रमा पनि नाफा, तर केही घाटामाविकास बैंकहरूको अवस्था मिश्रित देखिएको छ। राष्ट्र बैंकको विवरणअनुसार विकास बैंकहरूले सामूहिक रूपमा करिब ४ अर्ब १ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गरेका छन्।यस क्षेत्रमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकले करिब ८२ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ, जसको नाफा करिब ७८ करोड रुपैयाँ छ।तेस्रो स्थानमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ, जसले करिब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसपछि कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंक जस्ता बैंकहरूले पनि उल्लेखनीय नाफा गरेका छन्।तर विकास बैंकहरूको सबै बैंक नाफामा भने छैनन्। कर्पोरेट डेभलपमेन्ट बैंक, सलापा विकास बैंक, सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंक घाटामा रहेका छन्। तीमध्ये नारायणी डेभलपमेन्ट बैंकले करिब ५ करोड १४ लाख रुपैयाँ घाटा बेहोरेको छ, जुन विकास बैंकहरूमा सबैभन्दा ठूलो घाटा हो।बैंकबीच नाफामा ठूलो अन्तरसार्वजनिक तथ्यांकले बैंकिङ क्षेत्रमा नाफाको वितरण समान नभएको देखाएको छ। ठूलो पुँजी, व्यापक शाखा सञ्जाल र विविधीकृत लगानी भएका ठूला वाणिज्य बैंकहरूले उल्लेखनीय नाफा कमाइरहेका छन्। तर साना तथा क्षेत्रीय विकास बैंकहरूमा भने नाफा सीमित देखिन्छ र कतिपय संस्थाहरू घाटामा समेत गएका छन्।विशेषगरी बैंकहरूको नाफा कर्जा विस्तार, निक्षेप व्यवस्थापन, सेवा शुल्क, लगानी प्रतिफल र सञ्चालन खर्च नियन्त्रण जस्ता पक्षमा निर्भर रहने भएकाले बैंकहरूबीच ठूलो अन्तर देखिएको विश्लेषण गरिएको छ।बैंकिङ क्षेत्र अझै स्थिर तर दबाब कायमअर्थतन्त्र विस्तारै सुधारको चरणमा रहेको संकेत देखिए पनि बैंकिङ क्षेत्र अझै केही दबाबमा रहेको अर्थविद्हरू बताउँछन्। निष्क्रिय कर्जा (एनपीएल) को जोखिम, कर्जा विस्तारको सुस्त गति तथा ब्याजदरमा आएको उतारचढावले बैंकहरूको नाफामा असर पार्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ।यद्यपि समग्र बैंकिङ प्रणाली भने स्थिर देखिएको छ। उच्च पूँजी, तरलता व्यवस्थापन र नियामक निगरानीका कारण बैंकिङ क्षेत्र अझै पनि नेपालको वित्तीय प्रणालीको सबैभन्दा मजबुत आधारका रूपमा रहेको विश्लेषकहरूको निष्कर्ष छ।
    Kathmandu — Nepal Rastra Bank (NRB) has published the financial performance report of commercial and development banks for the first seven months of the current fiscal year 2082/83, ending in Magh. The report shows that the banking sector has collectively generated significant profits, although the distribution of earnings varies widely among institutions and some development banks have reported losses.Nabil Leads Among Commercial BanksAccording to the central bank’s data, the 20 commercial banks operating in Nepal earned a combined net profit of around Rs 47.01 billion during the review period. Among them, Nabil Bank Limited emerged as the highest profit-earning bank with a net profit of approximately Rs 5.38 billion.Global IME Bank Limited secured the second position with earnings of about Rs 4.14 billion, while Kumari Bank Limited ranked third, reporting a net profit of roughly Rs 3.17 billion.Other strong performers in the sector include Everest Bank Limited, Prime Commercial Bank Limited, Nepal Investment Mega Bank Limited, and NMB Bank Limited, each recording profits exceeding Rs 2 billion.Banks such as Rastriya Banijya Bank, Nepal Bank Limited, Sanima Bank, Siddhartha Bank, and Standard Chartered Bank Nepal also posted profits above Rs 1 billion, indicating relatively stable financial performance within the sector.At the lower end of the profit ranking, NIC Asia Bank and Laxmi Sunrise Bank Limited reported comparatively smaller earnings. Laxmi Sunrise Bank recorded the lowest net profit among commercial banks, earning only about Rs 242.71 million during the review period.Mixed Performance in Development BanksThe development banking sector recorded a combined net profit of around Rs 4.01 billion during the same period. However, unlike commercial banks, the performance of development banks was more uneven, with several institutions posting losses.Muktinath Bikas Bank led the development banking sector with a net profit of about Rs 821.52 million. It was followed by Garima Bikas Bank, which reported earnings of approximately Rs 779.44 million.Shine Resunga Development Bank ranked third with a net profit of around Rs 518.23 million. Other development banks such as Kamana Sewa Bikas Bank, Jyoti Bikas Bank, Shangrila Development Bank, Mahalaxmi Bikas Bank, and Lumbini Bikas Bank also recorded notable profits.However, four development banks reported losses during the period. These include Corporate Development Bank, Salapa Bikas Bank, Sindhu Bikas Bank, and Narayani Development Bank. Among them, Narayani Development Bank posted the largest loss, amounting to approximately Rs 51.48 million.Wide Gap in Profitability Across BanksThe NRB report indicates a considerable gap in profitability between larger commercial banks and smaller development banks. Institutions with larger capital bases, broader branch networks, and diversified investment portfolios appear to be performing significantly better than smaller regional banks.Financial analysts attribute the disparity primarily to differences in loan expansion, deposit mobilization, service income, investment returns, and operational efficiency. Banks with stronger credit portfolios and better cost management have been able to maintain higher profitability.Banking Sector Stable but Challenges PersistDespite the overall profit growth, economists say the banking sector still faces several structural challenges. Rising non-performing loans (NPLs), slower credit expansion, and fluctuations in interest rates continue to influence bank profitability.Nevertheless, Nepal’s banking system remains relatively stable due to strong regulatory oversight by the central bank, improved capital adequacy, and prudent liquidity management. Analysts say maintaining asset quality and expanding productive lending will be key for sustaining profitability in the coming months.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026