NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Commercial Banks Cut Deposit Interest Rates Further in Magh as Excess Liquidity Pressures ...
    माघमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो, तरलता प्रशस्त हुँदा बैंकहरू दबाबमा
    Investor
    2 min read
    Updated on January 14, 2026
    NEPSE TRADING

    माघमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो, तरलता प्रशस्त हुँदा बैंकहरू दबाबमाCommercial Banks Cut Deposit Interest Rates Further in Magh as Excess Liquidity Pressures Continue

    काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाले बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहेको स्पष्ट संकेत गरेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ बैंकले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाएका छन् भने ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका छन्। यसबीच प्राइम कमर्सियल बैंकले भने अपवादका रूपमा ब्याजदर बढाएको छ।

    पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५५ प्रतिशतसम्म पुगेको थियो। तर माघमा यस्तो अधिकतम दर घटेर ५.५ प्रतिशतमा सीमित भएको छ। त्यस्तै, पुसमा औसत ब्याजदर ४.८५ प्रतिशत रहेकोमा माघमा घटेर ४.७ प्रतिशतमा झरेको छ। यसले बैंकिङ प्रणालीमा कर्जा माग कमजोर रहेको र निक्षेप परिचालनमा बैंकहरूलाई चुनौती बढ्दै गएको देखाउँछ।

    कुन बैंकले कति ब्याज?

    माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज दिने बैंकको रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ। उक्त बैंकले ५.५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ। त्यसपछि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया, एनएमबी बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अधिकतम ५ प्रतिशत ब्याजदर दिएका छन्।

    सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिएको छ, जसको अधिकतम ब्याजदर ४.३६ प्रतिशत मात्रै रहेको छ। कृषि विकास बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक लगायतले पनि पुसको तुलनामा ब्याजदर घटाएका छन्।

    प्राइम कमर्सियल बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.२५ प्रतिशतबाट बढाएर ४.४ प्रतिशत पुर्‍याएको छ, जुन माघ महिनाको एक मात्र वृद्धि हो।

    रेमिटेन्स खातामा भने आकर्षण

    बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खाताभन्दा करिब एक प्रतिशत बढी ब्याज दिइरहेका छन्। वैदेशिक रोजगारीबाट भित्रिने रेमिटेन्सलाई बैंकिङ प्रणालीमा आकर्षित गर्न यस्तो नीति लिइएको बैंकहरूको भनाइ छ।

    किन घट्दैछ ब्याजदर?

    पछिल्लो समय बैंकहरूसँग कर्जा लगानी योग्य रकम अत्यधिक बढेपछि ब्याजदर निरन्तर घटिरहेको हो। हाल बैंकिङ प्रणालीमा करिब ११ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन मिल्ने रकम (तरलता) रहेको छ। कर्जा माग कमजोर हुँदा बैंकहरू आफ्नो अतिरिक्त रकम राष्ट्र बैंकमा राख्न बाध्य भएका छन्।

    कर्जा विस्तार नहुँदा बैंकहरूले पछिल्लो समय २.६७ प्रतिशतदेखि ३ प्रतिशतसम्मको ब्याजदरमा राष्ट्र बैंकमा रकम राखिरहेका छन्। राष्ट्र बैंकले पनि एक वर्षे ऋणपत्र जारी गर्दै बैंकहरूबाट अतिरिक्त तरलता सोसिरहेको छ। यसरी राष्ट्र बैंकमा थुप्रिएको रकम हाल आठ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।

    बैंकिङ प्रणालीको अवस्था

    हाल बैंक तथा वित्तीय संस्थाहरूसँग कुल ७६ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने त्यसको तुलनामा कर्जा लगानी ५७ खर्ब २८ अर्ब रुपैयाँ मात्र रहेको छ। निक्षेप र कर्जाबीचको यो ठूलो अन्तरले बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेको तर आर्थिक गतिविधि सुस्त रहेको संकेत गर्दछ।

    माघ महिनाको ब्याजदरले निक्षेपकर्ताका लागि प्रतिफल घट्दै गएको देखाए पनि बैंकिङ प्रणालीको स्थायित्वका हिसाबले तरलता व्यवस्थापनको अवस्था सहज बनेको छ। कर्जा माग बढ्न नसकेसम्म ब्याजदर तत्कालै माथि जाने सम्भावना न्यून देखिन्छ। आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी वृद्धि र कर्जा प्रवाहमा सुधार आएपछि मात्र ब्याजदरमा पुनः उकालो लाग्ने अपेक्षा गर्न सकिने अवस्था देखिन्छ।

    Commercial banks have further reduced deposit interest rates for the month of Magh, reflecting the continued surplus liquidity in Nepal’s banking system. According to the interest rate disclosures published by the banks, 12 out of 20 operating commercial banks have lowered their deposit rates compared to Poush, while seven banks have kept their maximum individual fixed-deposit rates unchanged. Prime Commercial Bank is the only bank that has increased its rate during this period.

    In Poush, the maximum interest rate on individual fixed deposits stood at 5.55 percent, but in Magh this has declined to 5.5 percent. Similarly, the average deposit interest rate has dropped from 4.85 percent in Poush to 4.7 percent in Magh, indicating weak credit demand and limited lending opportunities in the market.

    Banks Offering Higher and Lower Rates

    For Magh, Global IME Bank is offering the highest interest rate, with a maximum of 5.5 percent on individual fixed deposits. Other banks such as Nepal Bank, Rastriya Banijya Bank, NIC Asia Bank, NMB Bank, and Nepal Investment Mega Bank are providing up to 5 percent interest.

    On the lower end, Standard Chartered Bank Nepal is offering the lowest rate, with a maximum of only 4.36 percent. Several banks including Agricultural Development Bank, Everest Bank, Laxmi Sunrise Bank, Machhapuchchhre Bank, Kumari Bank, Sanima Bank, and Citizens Bank have also reduced their rates compared to the previous month.

    Prime Commercial Bank, however, has increased its individual fixed-deposit rate from 4.25 percent to 4.4 percent, making it the sole bank to raise interest rates for Magh.

    Higher Returns on Remittance Accounts

    Banks continue to offer around one percent higher interest on remittance-based deposit accounts compared to regular individual fixed deposits. This policy aims to attract foreign remittance inflows and retain them within the formal banking system.

    Why Are Interest Rates Falling?

    Interest rates have been declining primarily due to the excess availability of loanable funds in the banking sector. Currently, banks have more than NPR 11 trillion in funds available for lending. However, weak credit demand has limited loan disbursement, forcing banks to park excess liquidity with Nepal Rastra Bank (NRB).

    Due to sluggish loan growth, banks have been depositing funds with the central bank at interest rates ranging from 2.67 percent to 3 percent. In parallel, NRB has been issuing one-year bonds to absorb excess liquidity from the banking system. As a result, funds parked with NRB have reached approximately NPR 873 billion.

    Overall Banking Sector Position

    At present, banks and financial institutions have mobilized deposits worth NPR 7.659 trillion, while total credit outstanding stands at NPR 5.728 trillion. The large gap between deposits and loans clearly indicates ample liquidity but subdued economic activity and investment appetite.

    The interest rate structure for Magh suggests that depositors are earning lower returns, while banks continue to struggle with deploying excess funds into productive lending. Unless credit demand improves and economic activities gain momentum, a near-term rise in deposit interest rates appears unlikely. A meaningful recovery in private-sector investment and loan growth will be crucial for any upward adjustment in interest rates in the coming months.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026