
वाणिज्य बैंकहरूले फागुन २०२६ का लागि ब्याजदर घटाएCommercial Banks Lower Interest Rates for February 2026
फागुन १२, २०८२, नेपालका वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसमा माघ महिनाको तुलनामा घटाव देखिएको छ। व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर माघ महिनामा ४.६८४५ प्रतिशत थियो भने, फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि ०.०५१५ प्रतिशतविन्दु घटेको छ।
फागुन महिनामा ९ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ। माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ। ११ बैंकहरूले भने माघ महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन्।
फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ, जसले अधिकतम ५.१ प्रतिशत ब्याज दिने छ। सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ, जसले अधिकतम ४.२५ प्रतिशत ब्याज दिने छन्।
संस्थागत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज ४ प्रतिशत रहेको छ, जुन हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले दिने छन्।
On February 12, 2026, commercial banks in Nepal have announced new interest rates for the month of Falgun, showing a decrease compared to the rates from the month of Magh. The maximum average interest rate for personal fixed deposits has dropped by 0.1155 percentage points, from 4.6845% in Magh to 4.569% in Falgun. Similarly, the maximum average rate for institutional fixed deposits has also decreased by 0.0515 percentage points during the same period.
Out of the commercial banks, 9 banks have lowered their interest rates for personal fixed deposits. Among them, Global IME Bank has reduced its rate by the highest margin of 0.75 percentage points, bringing its interest rate down from 5.5% in Magh to 4.75% in Falgun. Meanwhile, 11 other banks have maintained the same rates as those in Magh.
The highest interest rate on personal fixed deposits for Falgun will be provided by Nepal Bank, offering a maximum of 5.1%. On the other hand, the lowest interest rates are provided by Standard Chartered, Agricultural Development Bank, Prime Commercial Bank, Nepal SBI, Everest, and Siddhartha Bank, which are offering a maximum rate of 4.25%.
For institutional fixed deposits, the highest interest rate of 4% will be offered by Himalayan Bank, National Commercial Bank, NIC Asia Bank, and NMB Bank.




