NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Commercial Banks' Profit Increases by 11.51%, Laxmi Sunrise and Agricultural Development B...
    वाणिज्य बैंकहरुको नाफामा ११.५१% वृद्धि, लक्ष्मी सनराइज र कृषि विकास बैंकको नाफा घट्यो
    Top
    1 min read
    Published on January 29, 2026
    NEPSE TRADING

    वाणिज्य बैंकहरुको नाफामा ११.५१% वृद्धि, लक्ष्मी सनराइज र कृषि विकास बैंकको नाफा घट्योCommercial Banks' Profit Increases by 11.51%, Laxmi Sunrise and Agricultural Development Bank Report Losses

    नेपालका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। यो अवधिमा समग्र नाफा ११.५१ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, बढ्दो खराब कर्जा, आर्थिक मन्दी र उच्च सञ्चालन खर्चका कारण नाफा अपेक्षाकृत उकासिन नसकेको विश्लेषण गरिएको छ।

    गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यसबाट ११.५१ प्रतिशत नाफा वृद्धि भएको हो। २० बैंकहरुमध्ये ११ बैंकको नाफा वृद्धि हुँदा समग्र नाफा साढे ११ प्रतिशतले बढेको छ।

    नाफा वृद्धि भएका बैंकहरुमा नबिल बैंक, ग्लोबल आइएमई र कुमारी बैंक प्रमुख रहेका छन्। नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४६.७१ प्रतिशत बढी हो। ग्लोबल आइएमई बैंकले ३ अर्ब २५ करोड रुपैयाँ र कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

    त्यस्तै, लक्ष्मी सनराइज बैंक भने २७ करोड ३६ लाख रुपैयाँ घाटामा रहेको छ। यो बैंकको नाफा गत वर्षको तुलनामा १२३.५५ प्रतिशतले घटेको हो। कृषि विकास बैंकको नाफामा पनि ९९.९३ प्रतिशतको भारी गिरावट आएको छ, जसका कारण बैंकको नाफा ७० लाख ७४ हजारमा सिमित भएको छ।

    नाफा बढाउनेमा नेपाल बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख भूमिका रहेको छ। नेपाल बैंकको नाफा १८३.०४ प्रतिशतले बढेको छ, सिद्धार्थ बैंकको १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १३२.०४ प्रतिशतको वृद्धि देखिएको छ।

    वर्तमान समयमा देशको आर्थिक मन्दी, प्रतिस्पर्धात्मक ब्याज दर, र बढ्दो खराब कर्जा बैंकिङ क्षेत्रलाई दबाबमा राखेका छन्। यसका कारण ऋण संकलनमा चुनौती बढेको छ र नाफा वृद्धिमा अवरोध सिर्जना भएको छ। बैंकहरुले आगामी दिनमा लागत व्यवस्थापन, ऋण असुली सुधार र डिजिटल सेवामा ध्यान दिन सक्दा नाफा वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    यसका साथै, आर्थिक गतिविधिमा सुस्ती र उच्च सञ्चालन खर्चका कारण केही बैंकहरुको नाफा घटेको विश्लेषण गरिएको छ।

    Nepal's commercial banks have released their unaudited financial statements for the first six months of the current fiscal year. During this period, the overall profit has increased by 11.51%. However, due to rising non-performing loans, economic slowdown, and high operating costs, profits have not increased as expected.

    In the previous fiscal year, banks reported a net profit of NPR 27.43 billion by the end of December, while in the current fiscal year, they have reported a net profit of NPR 30.59 billion for the same period, reflecting an 11.51% increase in profit. Among 20 banks, 11 reported profit growth, contributing to an overall increase of 11.5%.

    Notably, Nabil Bank, Global IME Bank, and Kumari Bank have emerged as the top performers. Nabil Bank earned the highest profit, reporting NPR 4.75 billion, which is a 46.71% increase compared to last year. Similarly, Global IME Bank reported NPR 3.25 billion in profit, and Kumari Bank reported NPR 2.72 billion in profit.

    However, Laxmi Sunrise Bank has reported a loss of NPR 273.6 million. The bank's profit has decreased by 123.55% compared to the same period last year. Agricultural Development Bank also saw a significant drop in profit by 99.93%, with its profit shrinking to NPR 707,400.

    On the positive side, Nepal Bank, Siddhartha Bank, and Rastriya Banijya Bank have all seen considerable profit growth. Nepal Bank’s profit grew by 183.04%, Siddhartha Bank's profit rose by 150.20%, and Rastriya Banijya Bank's profit increased by 132.04%.

    The current economic slowdown, political unrest, competitive interest rates, and rising bad loans have put pressure on the banking sector. As a result, challenges in loan collection have hindered profit growth. Banks are expected to focus on cost management, improving loan recovery, and expanding digital services to support profit growth in the coming days.

    Additionally, the analysis suggests that the economic slowdown, high operating expenses, and rising bad loans have caused profits to decline for some banks.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026