NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Commercial Banks Reduce Interest Rates for Ashadh: Liquidity Management in Focus
    असार महिनामा वाणिज्य बैंकहरूले ब्याजदर घटाए: तरलता व्यवस्थापनको उद्देश्य
    Investor
    1 min read
    Published on June 14, 2025
    NEPSE TRADING

    असार महिनामा वाणिज्य बैंकहरूले ब्याजदर घटाए: तरलता व्यवस्थापनको उद्देश्यCommercial Banks Reduce Interest Rates for Ashadh: Liquidity Management in Focus

    वाणिज्य बैंकहरूले असार महिनाका लागि बचत तथा मुद्दती निक्षेपमा दिइने ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेका ब्याजदर तालिका अनुसार अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले आंशिक समायोजन मात्र गरेका छन्।

    १. बचत खाताको ब्याजदर
    • बचत खाताको ब्याजदर ३.००% देखि ५.००% को दायरामा देखिन्छ।

    • सबैभन्दा बढी ब्याजदर माछापुच्छ्रे बैंक (५.००%) ले दिएको छ भने एशियन बैंक (३.००–३.०५%) मा सबैभन्दा न्यून देखिन्छ।

    • औसत रूपमा अधिकांश बैंकहरूले ४% भन्दा कम ब्याज प्रस्ताव गरेका छन्, जसले गर्दा छोटो अवधिका बचतकर्ताले ठूलो प्रतिफल पाउने सम्भावना घटेको छ।

    २. व्यक्तिगत मुद्दती (१ वर्ष अवधिको)
    • सबैभन्दा बढी ब्याजदर: ५.७५% (प्राइम कमर्शियल बैंक)

    • सबैभन्दा कम ब्याजदर: ३.००% (एमसीसी बैंक)

    • अधिकांश बैंकहरूको एक वर्षे ब्याजदर ४.२५% देखि ५.५०% को दायरामा छ।

    • यसले देखाउँछ कि लामो समयसम्म पैसा राख्ने निक्षेपकर्ताले अझै पनि आकर्षक प्रतिफल पाउने अवस्था केही हदसम्म बाँकी छ।

    ३. संस्थागत मुद्दती निक्षेप
    • धेरैजसो बैंकले संस्थागत निक्षेपमा ३.००% – ४.५०% को ब्याजदर दिएका छन्।

    • एनआईसी एशिया बैंक (३.०४%–४.९५%) ले उच्च र दायरामा ब्याज प्रस्ताव गरेको छ।

    ४. ब्याजदर स्थिर राख्ने बैंकहरू
    • नबिल बैंक, प्रभु बैंक, र हिमालयन बैंक ले अघिल्लो महिनाको दरलाई निरन्तरता दिएका छन्।

    • यसले देखाउँछ कि यी बैंकमा तरलता सन्तुलित छ वा ब्याज घटाउने आवश्यक ठानेनन्।

    ब्याजदर घटाउने कारणहरू:

    १. सरकारी खर्च वृद्धि

    वर्षको अन्त्यतिर आउने सरकारी निकायबाट ठेक्काको भुक्तानीले तरलता प्रणालीमा तीव्र वृद्धि गरिरहेको छ। असार महिनाको शुरुवातसँगै धेरै सरकारी रकम बैंकमा जम्मा भएको देखिन्छ।

    २. रेमिट्यान्समा बृद्धि

    नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार वैशाख महिनामा अहिलेसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ।

    • करिब साढे ४ खर्ब रुपैयाँको तरलता बैंक प्रणालीमा रहेको तथ्यांक छ।

    ३. तरलता व्यवस्थापनको उद्देश्य

    तरलता अत्यधिक भएपछि बैंकहरूले ब्याजदर घटाएर अतिरिक्त रकम थाम्न प्रयत्न गरिरहेका छन्। ब्याजदर उच्च भएमा निक्षेपको खर्च बढ्छ, तर आवश्यकताभन्दा बढी तरलता हुँदा खर्च घटाउन ब्याजदर घटाउने निर्णय लिइन्छ।

    बैंकहरू ब्याजदर घटाउने दिशामा छन् जुन तरलता व्यवस्थापन र खर्च नियन्त्रणको संकेत हो। बचतकर्ताले अब कम ब्याज प्राप्त गर्ने सम्भावना रहेको हुँदा लगानीको अन्य विकल्पतर्फ आकर्षण बढ्न सक्छ।

    तर दीर्घकालीन रूपमा यो कदमले बैंकको ऋण प्रवाह क्षमता, निक्षेपको गति, तथा आर्थिक चक्रमा प्रभाव पार्न सक्छ। राष्ट्र बैंकले यही अवस्था नियमन गर्न वित्तीय सूचकांकहरू नजिकबाट अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ।

    Commercial banks in Nepal have reduced interest rates on savings and fixed deposits for the month of Ashadh (mid-June to mid-July). According to the newly published rate tables, most banks have lowered their deposit interest rates compared to the previous month of Jestha.

    1. Savings Deposit Rates
    • The interest on savings deposits ranges from 3.00% to 5.00%.

    • Machhapuchchhre Bank offers the highest savings rate at 5.00%, while Asian Bank provides the lowest (3.00–3.05%).

    • Most banks offer below 4%, meaning short-term depositors will earn less compared to previous months.

    2. Personal Fixed Deposit (1-year term)
    • Highest Rate: 5.75% (Prime Commercial Bank)

    • Lowest Rate: 3.00% (MCC Bank)

    • The average 1-year FD rate across most banks ranges from 4.25% to 5.50%, suggesting that long-term depositors can still expect moderate returns.

    3. Institutional Fixed Deposits
    • Most banks offer rates between 3.00% and 4.50% for institutional clients.

    • NIC Asia Bank offers one of the highest institutional rates (3.04%–4.95%).

    4. Banks That Maintained Rates
    • Nabil Bank, Prabhu Bank, and Himalayan Bank have kept their rates unchanged from the previous month, indicating balanced liquidity or strategic stability.

    Reasons for Rate Reduction:

    1. End-of-Year Government Spending

    As the fiscal year comes to a close, government agencies start clearing dues and making large payments, injecting substantial liquidity into the banking system. The month of Ashadh typically sees this spike.

    2. High Remittance Inflow

    Nepal Rastra Bank reported a historic high in remittance inflows during the month of Baisakh.

    • Currently, the banking system holds around NPR 450 billion in excess liquidity.

    3. Liquidity Management Strategy

    With surplus funds in the system, banks are reducing rates to control inflows and avoid unnecessary interest expenses. Lower deposit rates help banks manage surplus funds without increasing liabilities.

    The overall trend of rate cuts reflects banks' efforts to manage excess liquidity amid high government spending and remittance inflows. For savers, this means lower returns, potentially pushing them to explore alternative investment options.

    However, from a macroeconomic standpoint, reduced interest rates may affect credit flow, deposit momentum, and monetary stability if prolonged. Close monitoring by Nepal Rastra Bank will be essential to ensure financial balance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026