NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Commercial Banks Slash Fixed Deposit Rates, Average Falls to 5.58% for Individuals
    वाणिज्य बैंकले ब्याजदर घटाए, व्यक्तिगत खातामा औसत ५.५८ प्रतिशतमा झर्यो
    Investor
    2 min read
    Published on August 16, 2025
    NEPSE TRADING

    वाणिज्य बैंकले ब्याजदर घटाए, व्यक्तिगत खातामा औसत ५.५८ प्रतिशतमा झर्योCommercial Banks Slash Fixed Deposit Rates, Average Falls to 5.58% for Individuals

    वाणिज्य बैंकहरूले भदौ महिनादेखि आफ्ना मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन्। नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिगत प्रभाव, तरलता सहज हुँदै गएको अवस्था र बजारमा प्रतिस्पर्धा बढेकाले बैंकहरूले ब्याजदर तल झारेका हुन्।

    साउन महिनामा व्यक्तिगत खातामा मुद्दती निक्षेपको औसत ब्याजदर ५.७८ प्रतिशत थियो। भदौ महिनामा भने यो घटेर ५.५८ प्रतिशतमा पुगेको छ। त्यस्तै, संस्थागत खाताको ब्याजदर ४.१२ प्रतिशतबाट घटेर ३.९६ प्रतिशत कायम भएको छ। यसले बैंकिङ प्रणालीमा निक्षेप संकलन सहज भएको संकेत दिएको छ।

    भदौ महिनामा सात बैंकहरूले ब्याजदर घटाएका छन्। कृषि विकास बैंकले व्यक्तिगत खातामा ५.२० प्रतिशत र संस्थागत खातामा २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। एभरेष्ट बैंकले व्यक्तिगतमा ५.७५ प्रतिशत र संस्थागतमा ४.७५ प्रतिशत तोकेको छ। कुमारी बैंकले व्यक्तिगत खातामा ५.२१ प्रतिशत तोकेको छ भने नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ५.२५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत कायम गरेको छ।

    यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत खातामा ५.७५ प्रतिशत र संस्थागत खातामा २.७५ प्रतिशत तोकेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत खातामा ५.५० प्रतिशत र संस्थागत खातामा ४.०० प्रतिशत निर्धारण गरेको छ। सानिमा बैंकले व्यक्तिगत खातामा ५.२५ प्रतिशत र संस्थागत खातामा ३.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। यी सात बैंकले ब्याजदर घटाएसँगै औसत दरमा पनि गिरावट आएको छ।

    नेपाल बैंक, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्राइम, सिटिजन्स, प्रभु, माछापुच्छ्रे, एनएमबि, हिमालयन, नबिल, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआईसी एशिया बैंकले भने आफ्ना ब्याजदर स्थिर राखेका छन्। यसले बजारमा ब्याजदरमा ठूलो उतारचढाव ल्याएको छैन तर समग्र औसत भने तल झरेको छ।

    ब्याजदर घटाउने प्रवृत्ति पछाडि मुख्य कारण तरलता सहजता रहेको बैंकहरूको भनाइ छ। अघिल्ला वर्षहरूमा तरलता अभाव हुँदा निक्षेप संकलनका लागि उच्च ब्याजदर दिनुपर्ने अवस्था थियो। तर हाल बजारमा पर्याप्त तरलता उपलब्ध भएकाले बैंकहरूले ब्याजदर तल झारेका हुन्।

    ब्याजदर घट्दा निक्षेपकर्तामा विशेषगरी संस्थागत खातामा प्रभाव पर्ने देखिन्छ। ब्याजदर कम हुँदा उनीहरूले वैकल्पिक लगानी विकल्प खोज्ने सम्भावना बढ्छ। तर अर्कोतर्फ ऋणतर्फ भने सस्तो हुने संकेत देखिन्छ, जसले व्यवसाय र लगानीकर्तालाई राहत दिने अपेक्षा गरिएको छ।

    विशेषज्ञहरूका अनुसार, केही बैंकहरूले ब्याजदर घटाएपछि बाँकी बैंकहरू पनि प्रतिस्पर्धात्मक दबाबमा परेर आगामी महिनामा समायोजन गर्न बाध्य हुनेछन्। यसरी समग्र बजार ब्याजदर घट्दै गएमा आगामी ऋण प्रवाह अझ सहज हुने र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको छ।

    Commercial banks in Nepal have reduced their fixed deposit rates effective from the month of Bhadra. Influenced by Nepal Rastra Bank’s monetary policy, improved liquidity in the financial system, and growing competition in the banking sector, the interest rates have been revised downward.

    In Shrawan, the average fixed deposit rate for individual accounts stood at 5.78 percent. However, in Bhadra, it has dropped to 5.58 percent. Similarly, the average rate for institutional accounts has declined from 4.12 percent to 3.96 percent. This indicates that banks are facing less pressure to attract deposits at high rates, as liquidity in the system remains comfortable.

    Seven Banks Cut Deposit Rates

    A total of seven commercial banks have lowered their rates this month. Agriculture Development Bank fixed 5.20 percent for individual accounts and 2.85 percent for institutional accounts. Everest Bank revised its rates to 5.75 percent for individuals and 4.75 percent for institutions. Kumari Bank set 5.21 percent for individuals, while Nepal SBI Bank fixed 5.25 percent for individuals and 4.25 percent for institutions.

    Similarly, Standard Chartered Bank now offers 5.75 percent for individuals and 2.75 percent for institutional accounts. Siddhartha Bank revised its rates to 5.50 percent for individuals and 4.00 percent for institutions. Sanima Bank fixed 5.25 percent for individuals and 3.05 percent for institutions. Collectively, these seven banks have pulled the overall market average down.

    Banks Holding Steady

    Other major banks — including Nepal Bank, Laxmi Sunrise, Global IME, Prime, Citizens, Prabhu, Machhapuchchhre, NMB, Himalayan, Nabil, Rastriya Banijya, Nepal Investment Mega, and NIC Asia — have kept their rates unchanged for the month of Bhadra.

    Why the Rates Fell

    According to bankers, the primary reason behind the downward revision is the improved liquidity situation. In the past, when liquidity was tight, banks had to offer higher deposit rates to attract funds. Now that liquidity has eased, banks are no longer compelled to maintain high interest levels.

    For depositors, particularly institutional account holders, the reduced rates may lower the incentive to keep funds in fixed deposits, potentially pushing them towards alternative investment options. On the other hand, businesses and borrowers could benefit, as falling deposit rates typically pave the way for cheaper loans in the near future.

    Market experts suggest that as some banks have already cut rates, competitive pressure may force others to follow suit in the coming months. If the trend continues, the overall lending environment is expected to become more investment-friendly, boosting credit flow into productive sectors.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026