
महिला उद्यमीका लागि नयाँ कम्पनी दर्ता र नवीकरण निःशुल्क हुनेCompany Registration and Renewal to Be Free for Women Entrepreneurs
काठमाडौं, जेठ १५ – सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्न नयाँ कम्पनी दर्ता र नवीकरण प्रक्रिया निःशुल्क गर्ने व्यवस्था लागू गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महिला उद्यमशिलता प्रवर्द्धन गर्न यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्।
सरकारको भनाइमा, यस कदमले महिलालाई व्यवसाय सुरु गर्न सहज वातावरण, कानुनी पहुँच र व्यवसायिक पहिचान निर्माणमा सहयोग पुग्नेछ। महिला नेतृत्वमा सञ्चालन हुने सूक्ष्म, साना तथा घरेलु उद्योगहरूलाई औपचारिक प्रणालीमा ल्याउने लक्ष्यसहित यो नीति अघि सारिएको हो।
Kathmandu, May 29 – The Government of Nepal has announced that new company registration and renewal will be free of cost for women entrepreneurs, as part of its effort to promote women-led businesses.
While presenting the budget for the fiscal year 2082/83, Finance Minister Bishnu Prasad Paudel stated that this provision aims to encourage women’s participation in entrepreneurship and support them in starting and growing their businesses.
According to the government, this move will create a more accessible and supportive business environment for women, helping them gain legal recognition and enter the formal economic system, particularly in micro, small, and cottage industries.




