
९४ हजार भन्दा बढीलाई ७८ अर्ब ६६ करोड सहुलियतपूर्ण कर्जा प्रवाहConcessional Loans Worth Rs. 78.66 Billion Disbursed to Over 94,000 Borrowers
काठमाडौं । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०८२ असार मसान्तसम्म कुल ९४ हजार ९२० ऋणीलाई रु. ७८ अर्ब ६६ करोड कर्जा प्रवाह भएको छ।
यस मध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३५ हजार ८६१ ऋणीलाई रु. ५७ अर्ब ५५ करोड कर्जा पुगेको छ। त्यस्तै, महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६३६ महिला उद्यमीलाई रु. २० अर्ब ९ करोड कर्जा प्रवाह भएको छ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत भने १ हजार ४२३ ऋणीले रु. १ अर्ब २ करोड कर्जा लिएका छन्।
विश्लेषकहरूका अनुसार, सहुलियतपूर्ण कर्जा विशेषगरी कृषि, पशुपालन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने मुख्य साधन बनेको छ, जसले ग्रामीण अर्थतन्त्र र स्वरोजगार विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
Under the government’s interest-subsidized concessional loan program, banks and financial institutions had disbursed a total of Rs. 78.66 billion in loans to 94,920 borrowers as of the end of FY 2082 Ashad.
Out of this, Rs. 57.55 billion was provided to 35,861 borrowers under the Agriculture and Livestock Business Loan category. Likewise, Rs. 20.09 billion was disbursed to 57,636 women entrepreneurs under the Women Entrepreneurship Loan scheme.
Under other categories of concessional loans, 1,423 borrowers had outstanding loans amounting to Rs. 1.02 billion.
According to analysts, concessional loans have become a key instrument in promoting agriculture, livestock, and women entrepreneurship, and are expected to make a significant contribution to strengthening rural economies and expanding self-employment opportunities.




