
म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु, ६५ मेगावाट विद्युत् उत्पादन लक्ष्यConstruction of 65 MW Myagdi Khola Hydropower Project Begins, Aiming for Power Generation
काठमाण्डौ । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–४ बगर क्षेत्रमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको यस आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ तथा प्रसारण लाइन निर्माणलाई एकसाथ अघि बढाइरहेको जनाएको छ। बगरदेखि दोभानस्थित बाँध निर्माणस्थलसम्म करिब १० किलोमिटर सडक विस्तार भइसकेको छ भने बगर–तातोपानी खण्डमा सडक अपूर्ण भएकाले म्याग्दी नदी किनार हुँदै वैकल्पिक डाइभर्सन मार्ग प्रयोग गरिएको छ। आयोजनाले बगरमा कार्यालय स्थापना गरिसकेको छ र १,१३० मिटर लामो टेलरेस सुरुङ निर्माण सुरु भइसकेको छ । सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले बाँध, विद्युत्गृह तथा मुख्य सुरुङ निर्माणको तयारी गरिरहेको छ। म्याग्दी र कुनाबाङ खोलाको दोभानमा बन्ने बाँधबाट संकलित पानी डिसेन्डरमार्फत प्रशोधन गरी पाइपलाइन र सुरुङ हुँदै भूमिगत विद्युत्गृहमा खसालिनेछ। रन अफ रिभर प्रकृतिको यस आयोजनामा विभिन्न सुरुङ र पाइप संरचनासहित तीनवटा टर्बाइन जडान गरिनेछ। आयोजनाबाट सुक्खायाममा प्रतिघण्टा ११७.८२ गिगावाट र वर्षायाममा २६४.४५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
Kathmandu: Construction of the 65 MW Myagdi Khola Hydropower Project has begun in Bagar area of Dhaulagiri Rural Municipality–4 in Myagdi district. Promoted by Hydro Village Pvt. Ltd., the project is progressing with parallel development of access roads, powerhouse, tunnels, and transmission lines. Around 10 kilometers of access road has been expanded from Bagar to the dam site at Dobhan, while an alternative diversion route along the Myagdi River is being used due to incomplete road sections between Bagar and Tatopani. The project has already established its office in Bagar and initiated construction of a 1,130-meter-long tailrace tunnel. Civil contractor Bhugol Infrastructure is preparing for the construction of the dam, powerhouse, and main tunnel. Water collected from the dam at the confluence of Myagdi and Kunabang rivers will be processed through a descender and then conveyed via pipelines and tunnels to an underground powerhouse. The run-of-river project includes multiple tunnel and pipeline structures and will install three turbines. It is estimated to generate 117.82 GWh of electricity in the dry season and 264.45 GWh during the monsoon season.




