
Top
<1 min read
NEPSE TRADING
मुद्दती निक्षेप निरन्तर घट्दै, बैंकिङ प्रणालीको दीर्घकालीन स्रोत व्यवस्थापनमा चुनौतीContinuous Decline in Fixed Deposits Poses Challenges for Long-term Funding in Banking Sector
नेपालको बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप बढ्दै गए पनि मुद्दती निक्षेप भने पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको ‘इकोनोमिक बुलेटिन’ अनुसार ब्याजदर घट्दै जानु, कर्जाको माग सुस्त रहनु र लगानीका वैकल्पिक अवसरहरू बढ्नु यसको मुख्य कारण मानिएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैमा मुद्दती निक्षेप घटेको छ। विशेषगरी व्यक्तिगत मुद्दती निक्षेपमा उल्लेखनीय गिरावट देखिएको छ, जसले कुल निक्षेप संरचनामा पनि असर पारेको छ । पछिल्लो समय मुद्दती निक्षेपबाट झिकिएको रकम सेयर बजार, बीमा तथा अन्य लगानी क्षेत्रमा गएको अनुमान गरिएको छ । यस प्रवृत्तिले बैंकहरूलाई दीर्घकालीन स्रोत व्यवस्थापनमा चुनौती थपिएको देखिन्छ ।
Although total deposits in Nepal’s banking and financial institutions have been increasing, fixed deposits have been steadily declining in recent years. According to Nepal Rastra Bank’s Economic Bulletin, the decline is mainly attributed to falling interest rates, weak credit demand, and growing alternative investment opportunities. Fixed deposits have decreased across commercial banks, development banks, and finance companies, with a significant drop in personal fixed deposits. This suggests a shift of funds from fixed deposits toward sectors such as the stock market and insurance. As a result, banks may face challenges in managing long-term funding sources despite overall deposit growth.




