NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Continuous Decline in NEPSE, Falling Turnover, RSI Around 42
    नेप्सेमा लगातार गिरावट, कारोबार रकममा समेत कमी, आरएसआई ४२ अंक आसपास
    Investor
    2 min read
    Published on August 13, 2025
    NEPSE trading

    नेप्सेमा लगातार गिरावट, कारोबार रकममा समेत कमी, आरएसआई ४२ अंक आसपासContinuous Decline in NEPSE, Falling Turnover, RSI Around 42

    नेपालको शेयर बजार पछिल्ला केही दिनयता लगातार ओरालो लागिरहेको छ। विशेषगरी पछिल्ला तीन कारोबार दिनदेखि नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ, जसले लगानीकर्तामा सतर्कता बढाएको छ। बुधबारको बजारमा नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा झरेको छ । कारोबार रकमको हिसाबले पनि बजारमा सुस्ति देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर किनबेच भएकोमा बुधबार सो रकम घटेर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ। यो कमीले बजारमा लगानीकर्ताको सहभागिता घटेको संकेत गर्दछ । उपसमूहगत सूचकमा हेर्दा, १३ मध्ये ४ उपसमूहमा मात्र वृद्धि भएको छ भने बाँकी ९ उपसमूहमा गिरावट आएको छ। वृद्धि हुनेमा माया खोला हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको शेयरमूल्य ५.७४ प्रतिशतले बढ्यो। यसैगरी, सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब ४.५ प्रतिशतले बढेको छ। अन्य कम्पनीहरूको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रह्यो। गिरावटतर्फ हेर्दा, १०.२५ प्रतिशत केबिएल डिबेञ्चर ९.४८ प्रतिशतले घट्दै दिनको सर्वाधिक घाटामा परेको स्टक बन्यो । कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो, जसको दिनभरमा ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भयो। दोस्रो स्थानमा युनाइटेड मोदी हाइड्रोपावर रह्यो, जसको कारोबार रकम करिब २७ करोड रुपैयाँ पुग्यो। तेस्रो स्थानमा शिवम् सिमेन्ट्स रह्यो, जसको कारोबार २४ करोड रुपैयाँ नाघ्यो । यस प्रवृत्तिले देखाउँछ कि बजारमा हाल केही सावधानीपूर्वक खरिदबिक्रीको माहोल छ, जसमा उच्च कारोबार भएका स्टकहरू मुख्यतया जलविद्युत र सिमेन्ट क्षेत्रका रहेका छन् ।

    अब लागौ प्रविधिक विश्लेषण तर्फ

    प्रविधिक विश्लेषक अजित खनालका अनुसार नेपालको शेयर बजार हाल प्राविधिक रूपमा बियरिस मूडमा रहेको देखिन्छ। पछिल्ला महत्त्वपूर्ण सपोर्ट स्तरहरू क्रमशः ब्रेकडाउन भएपछि बजारमा थप ठूलो करेक्सन देखा परेको हो । हालको बजार संरचना हेर्दा आगामी प्रमुख सपोर्ट ६१% फिबोनाची रिट्रेसमेन्ट स्तर र सोही आसपासको ५०–दिने मूभिङ एभरेजमा देखिन्छ। विगतमा नेपाली बजारले यो स्तरलाई पटक–पटक रेस्पेक्ट गर्दै रिबाउन्ड गरेको इतिहास रहेको छ, जसले लगानीकर्तालाई यसपटक पनि त्यहीँबाट सकारात्मक संकेतको आशा गर्न प्रेरित गरेको छ । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (च्क्क्ष्) हाल ४२ अंक आसपास पुगेको छ, जुन बजारको हल्का ओभरसोल्ड अवस्थालाई इंगित गर्दछ । कारोबार गतिविधि हेर्दा, पछिल्ला केही दिनदेखि कारोबार रकम निरन्तर घटिरहेको छ । आजको कारोबार २१ जेठपछि सबैभन्दा कम स्तरमा सीमित भएको छ । बजारको अन्तिम समयहरूमा ठूला सप्लाई अर्डरहरू देखिन थालेका छन्, जसको क्रम विगत केही दिनदेखि जारी छ । कारोबार संरचना हेर्दा, हाइड्रोपावर क्षेत्रले फेरि करिब ४०% बजार हिस्सा ओगटेको छ ।

    अब लागौ ब्रोकरको विश्लेषण तर्फ

    शीर्ष १० ब्रोकरमध्ये ६ वटा ब्रोकरले बिक्रीभन्दा बढी खरिद गरेको तथ्यांकले देखाउँछ यसको मतलव केही संस्थागत वा ठूला लगानीकर्ताले बजारमा प्रवेश गरिरहेको सम्भावना छ ।

    Nepal’s stock market has been on a continuous downward trend in recent days. Notably, for the past three consecutive trading sessions, both the NEPSE index and market turnover have been declining, raising caution among investors. On Wednesday, the NEPSE index fell by 10.50 points to close at 2,785.74.

    Turnover figures also reflect sluggish market activity. On Tuesday, shares worth NPR 6.91 billion were traded, while Wednesday’s turnover dropped to NPR 6.16 billion, indicating reduced investor participation. Among the 13 sub-indices, only 4 posted gains while the remaining 9 declined. Maya Khola Hydropower led the gainers with a 5.74% price increase, followed by Sanima Large Cap Fund with around a 4.5% rise. Most other stocks saw gains of less than 4%. On the losing side, the 10.25% KBL Debenture fell by 9.48%, marking the largest drop of the day.

    In terms of transaction value, Balefi Hydropower topped the list with NPR 341.1 million in trades, followed by United Modi Hydropower with around NPR 270 million and Shivam Cements surpassing NPR 240 million. This trend suggests a cautious trading environment, with high-value trades concentrated mainly in hydropower and cement sectors.

    Technical Analysis
    According to technical analyst Ajit Khanal, the NEPSE is currently in a bearish phase. A breakdown of key support levels has triggered a deeper market correction. Looking at the current structure, the next major support lies near the 61% Fibonacci retracement level, which coincides closely with the 50-day moving average (50MA). Historically, NEPSE has often rebounded from this 50MA level, giving investors hope for a possible positive signal this time as well. The Relative Strength Index (RSI) stands around 42, suggesting the market is nearing a mildly oversold condition.

    Trading volume has been on a steady decline for the past few days, with today’s turnover marking the lowest since June 3. Large supply orders have been observed during the market’s closing hours, a trend that has persisted for several days. Sector-wise, hydropower has once again captured nearly 40% of market share.

    Broker Analysis
    Data from the top 10 brokers shows that 6 of them bought more than they sold, indicating the possible entry of institutional or large investors into the market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026