NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Continuous Decline in Share Market: NEPSE Slips to 2,487 Points — Lowest Since Mid-October...
    सेयर बजारमा निरन्तर गिरावट : नेप्से फेरि २४८७ अंकमा झर्‍यो, गत वर्षको असोज १३ यताकै न्यून बिन्दु
    Investor
    3 min read
    Published on October 16, 2025
    NEPSE TRADING

    सेयर बजारमा निरन्तर गिरावट : नेप्से फेरि २४८७ अंकमा झर्‍यो, गत वर्षको असोज १३ यताकै न्यून बिन्दुContinuous Decline in Share Market: NEPSE Slips to 2,487 Points — Lowest Since Mid-October Last Year

    नेपालको सेयर बजार बिहीबार पनि ओरालो यात्रामै रह्यो। लगातार घट्दै आएको बजारले यस दिन पनि नयाँ न्यूनतम बिन्दु बनाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १८.४० अंकले घट्दै २४८७ अंकमा झरेको छ। यो सूचकगत स्तर गत वर्षको असोज १३ यताकै न्यून हो, जसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ। बजार विश्लेषकहरूको भनाइमा, पछिल्ला हप्ता देखिएको गिरावटको क्रम अझै रोकिएको छैन र बजारको समग्र मनोविज्ञान कमजोर बनेको छ।

    नेप्से परिसूचक गत सातादेखि निरन्तर घट्दै आएको छ। लगानीकर्ताहरूबीच अनिश्चितता र सतर्कता बढ्दै जाँदा बजारमा खरिद दबाब न्यून हुन थालेको छ। बिहीबारको कारोबारमा कुल २५१ कम्पनीका सेयरहरूमा कारोबार भएको थियो। तीमध्ये ४५ कम्पनीको मूल्य बढ्दा १९७ घटेका र ९ कम्पनीको मूल्य स्थिर रहे। घट्ने कम्पनीहरूको संख्या अत्यधिक हुँदा बजार समग्र रूपमा रातो रंगमा रंगिएको छ। बजारमा देखिएको यस्तो निरन्तर ओरालोले लगानीकर्ताको आत्मविश्वास पुनः कमजोर बनाएको छ।

    अघिल्लो दिनको ३ अर्ब १० करोड रुपैयाँको तुलनामा बिहीबार कारोबार रकम ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। कारोबार रकममा सानो वृद्धि भए पनि बजारको गिरावट रोक्न यसले खासै भूमिका खेल्न सकेन। विश्लेषकहरूले यसलाई बजारमा केही साना स्विङ ट्रेडरहरू सक्रिय देखिनुको परिणामका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार, अहिलेका लगानीकर्ताहरू “सर्ट टर्म अपर्चुनिटी” खोज्दै साना र मध्य पूँजीका सेयरहरूमा सीमित कारोबार गरिरहेका छन्।

    बिहीबारको दिनमा बैंकिङ समूह बाहेक सबै समूहगत सूचकहरूमा गिरावट आएको छ।
    बैंकिङ समूह ०.०२ प्रतिशतले मात्र हरियो रहँदा विकास बैंक समूह १.१५ प्रतिशत, फाइनान्स समूह १.२८ प्रतिशत, हाइड्रोपावर समूह १.०३ प्रतिशत, लगानी समूह ०.४९ प्रतिशत, जीवन बीमा समूह ०.८९ प्रतिशत, निर्जीवन बीमा समूह ०.५३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशत, अन्य समूह २.२१ प्रतिशत र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन्। यी सबै समूह रातो अवस्थामा रहँदा बजारका सबै क्षेत्रहरूमा बिक्रीको दबाब कायम रहेको विश्लेषकहरूको भनाइ छ।

    हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ९.९३ प्रतिशतले बढ्दै बिहीबार बजारको शीर्ष गेनर बन्न सफल भयो। त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्था ५.६९ प्रतिशत, इनिफिनिटी लघुवित्त ३.८९ प्रतिशत र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स ३.७९ प्रतिशतले बढेका छन्। यी कम्पनीहरूमा लगानीकर्ताको चासो केही बढेको देखिएको छ।

    तर, बजारमा घट्ने कम्पनीहरूको संख्या र प्रभाव दुवै उच्च रह्यो। समाज लघुवित्त वित्तीय संस्था १० प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य गुमाउने कम्पनी बन्यो। त्यसपछि युनिक नेपाल लघुवित्त ७.३३ प्रतिशत, समता घरेलु लघुवित्त ६.२५ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर ४.८७ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनी ४.२१ प्रतिशतले घटे। बजार विश्लेषकहरूको भनाइमा, यी कम्पनीहरूमा लगानीकर्ताहरूले अघिल्लो हप्ताको लाभांश र मूल्य वृद्धि पछि नाफा बुक गर्न थालेका छन्, जसले बिक्रीको दबाब बढाएको हो।

    बिहीबारको दिनमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः सबैभन्दा बढी कारोबार भएका कम्पनीका रूपमा देखा परे। यी कम्पनीहरूमा उच्च कारोबार रकम देखिनुले बजारमा अझै केही मात्रामा सक्रियता कायम रहेको देखिन्छ।

    प्रविधिक विश्लेषक अजित खनालका अनुसार, बिहीबार नेप्से परिसूचकले पुनः २४८० अंक आसपासको स्तरमा पुगेर ‘ट्रिपल बटम स्ट्रक्चर’ बनाएको छ। यो स्तरलाई बजारको प्रमुख सपोर्ट जोन मानिएको छ।
    खनालका अनुसार, यदि बजारले यो स्तर कायम राख्न सफल रह्यो भने छोटो अवधिमा रिबाउन्डको सम्भावना बलियो हुनेछ। तर, उक्त स्तर स्पष्ट रूपमा भत्किएमा बजारमा पुनः ठूलो गिरावटको जोखिम रहन्छ।

    खनाल भन्छन्, “नेप्से २४८० अंक माथि स्थायित्व कायम गर्न सकेन भने बजारले २४५०–२४३० अंकसम्मको नयाँ तलको क्षेत्र परीक्षण गर्न सक्छ। तर, सो स्तरबाट प्राविधिक रिबाउन्ड सम्भावना अझै बलियो छ।”

    बिहीबारको कारोबारमा हाइड्रोपावर समूहको कारोबार हिस्सा घट्दै ३२ प्रतिशतमा झरेको छ। यसको सट्टा विकास बैंक र माइक्रोफाइनान्स समूहमा कारोबार हिस्सा वृद्धि भएको छ। यसले लगानीकर्ताहरूले छोटो अवधिका अवसरहरू खोज्दै साना पूँजीका सेयरतर्फ ध्यान केन्द्रित गर्न थालेको सङ्केत गर्छ।

    त्यस्तै, शीर्ष १० ब्रोकरमध्ये ६ ब्रोकरहरूले खरिद बढी गरेको र ४ ब्रोकरहरूले बिक्री बढी गरेको तथ्यांकले बजारमा आंशिक खरिद मनोविज्ञान अझै बाँकी रहेको देखाउँछ। तर, समग्र बजार दिशा भने नकारात्मक नै रहेको छ।

    नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधारका प्रतिबद्धता र कार्यतालिका सार्वजनिक गरे पनि त्यसको तत्काल प्रभाव बजारमा देखिएको छैन। लगानीकर्ताहरूले सुधारका घोषणालाई “नीतिगत वक्तव्य” मात्रै मानेका छन्, कार्यान्वयनका ठोस कदम नदेखिँदासम्म बजारमा विश्वास पुनःस्थापित नहुने विश्लेषकहरूको मत छ।

    नेप्से परिसूचकको निरन्तर गिरावटले बजारको समग्र स्वास्थ्य कमजोर रहेको स्पष्ट संकेत गरेको छ। बजार अहिले प्रविधिक रूपमा महत्त्वपूर्ण सपोर्ट क्षेत्रमा छ — २४८० अंक।
    यो स्तर कायम रह्यो भने बजारबाट छोटो अवधिको रिबाउन्ड सम्भव छ, तर सो स्तर भत्किएमा बजार फेरि गहिरो ओरालो यात्रा गर्न सक्छ। लगानीकर्ताहरू अहिले पनि प्रतीक्षारत मुद्रामा छन् र बजारमा दीर्घकालीन स्थायित्व नदेखिँदासम्म ठूलो लगानी गर्ने वातावरण बनेको छैन।

    Nepal’s stock market continued its downward trajectory on Thursday, hitting a new yearly low as investor sentiment remained subdued. The Nepal Stock Exchange (NEPSE) index fell by 18.40 points to close at 2,487 points, marking its lowest level since mid-October last year. The persistent weakness reflects investors’ growing caution amid uncertainty about market stability and policy direction.

    The NEPSE index has been falling steadily over the past several weeks. With buying pressure weakening and investors preferring to stay on the sidelines, the overall market mood has turned defensive.
    Out of 251 traded companies, the prices of 45 advanced, 197 declined, and 9 remained unchanged.
    The overwhelming number of declining stocks dragged the overall index into the red once again, extending the market’s losing streak and eroding investor confidence further.

    Total turnover increased slightly compared to the previous day, reaching Rs. 3.27 billion, up from Rs. 3.10 billion on Wednesday.
    However, analysts noted that this minor uptick in turnover was driven primarily by short-term traders seeking quick opportunities in small- and mid-cap stocks, rather than by long-term confidence returning to the market.
    “Despite an increase in trading volume, the market lacks genuine buying momentum,” said one technical analyst. “Investors are largely in wait-and-see mode.”

    Except for the banking sub-index, all sectoral indices ended in negative territory.

    • Banking: +0.02%

    • Development Bank: −1.15%

    • Finance: −1.28%

    • Hydropower: −1.03%

    • Investment: −0.49%

    • Life Insurance: −0.89%

    • Non-Life Insurance: −0.53%

    • Microfinance: −0.73%

    • Manufacturing & Processing: −0.73%

    • Others: −2.21%

    • Trading: −0.39%

    The broad-based decline suggests that selling pressure has spread across nearly all sectors, leaving few safe havens for investors.

    Among the day’s top performers, Himalayan Power Partner Limited surged 9.93%, becoming the best-performing stock of the session.
    It was followed by Kalika Laghubitta Bittiya Sanstha (+5.69%), Infinity Laghubitta (+3.89%), and Sagarmatha Lumbini General Insurance (+3.79%).

    On the losing side, Samaj Laghubitta Bittiya Sanstha plunged 10%, emerging as the biggest loser of the day.
    Unique Nepal Laghubitta fell 7.33%, Samata Gharelu Laghubitta dropped 6.25%, Upper Syange Hydropower slid 4.87%, and Nepal Reinsurance Company declined 4.21%.
    Market analysts attributed the fall to profit-booking pressure following short-term gains in recent sessions.

    The most actively traded stocks on Thursday included:

    • Muktinath Bikas Bank

    • Nepal Reinsurance Company

    • Shivam Cement

    • NRN Infrastructure & Development

    • Himalayan Reinsurance Company

    These counters accounted for a significant portion of the day’s total turnover, indicating that while the broader market remained weak, selective trading activity continued.

    According to technical analyst Ajit Khanal, the NEPSE index has once again reached the 2,480-point zone, forming a triple-bottom structure — a critical technical support level.
    “This region has served as a major rebound zone in the past three instances,” said Khanal. “If the market sustains above 2,480 points, a short-term rebound is technically possible.”

    However, he warned that a clear breakdown below this level could intensify bearish sentiment and trigger further downside pressure.
    “If NEPSE fails to hold above 2,480, the next potential support lies near the 2,450–2,430 range, but any rebound from this area will depend on investor psychology and liquidity flow,” he added.

    Hydropower stocks, which previously dominated trading, saw their share of total turnover drop to 32%.
    Meanwhile, trading in development banks and microfinance institutions rose notably, signaling that investors are now focusing on short-term swing opportunities in smaller-capitalization stocks.

    Out of the top ten brokerage firms, six recorded higher buy volumes while four recorded more sell orders, showing that some selective accumulation is taking place even amid an overall negative trend.

    Although the Securities Board of Nepal (SEBON) recently unveiled its capital market reform roadmap and commitments, its announcements have yet to translate into visible results.
    Market participants argue that the reforms remain “policy statements” rather than actionable measures.
    “Until tangible steps are implemented, confidence will remain low,” said one senior trader. “Investors want execution, not promises.”

    The continuous fall in the NEPSE index underscores the market’s fragile condition. The focus now rests on whether the 2,480-point support zone can hold.
    If the level sustains, a short-term rebound may emerge; if it breaks, the market could face a deeper correction.
    For now, investors remain cautious, awaiting signs of long-term stability before making fresh commitments to the equity market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026