·

सेयर बजारमा गिरावट जारी, नेप्से २५.१६ अंकले घट्यो

Author

NEPSE trading

सेयर बजारमा गिरावट जारी, नेप्से २५.१६ अंकले घट्यो

सेयर बजारमा गिरावट आउनेक्रम बुधबार पनि जारी रह्यो । नेप्से सूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा झरेको छ । कारोबार रकम पनि घट्दै १० अर्ब ९७ करोड रुपैयाँभन्दा तल झरेको छ । ट्रेडिङबाहेक अन्य सबै समूहका सूचक ओरालो लागेको छन् ।

बजारमा गिरावट आउनुको मुख्य कारण ट्रेडरहरूले नाफा बुक गर्नु हो । छोटो अवधिमा बजार उच्च गतिमा बढेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेका छन्, जसले बजारलाई दबाब दिएको हो । धेरै लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा रहेको कारण पनि कारोबार रकममा गिरावट देखिएको छ ।

बुल रन अवधिमा बजार करेक्सन हुनु स्वाभाविक भएको विश्लेषकहरू बताउँछन् । पछिल्ला नौ कारोबारी दिनमा नेप्से करिब २१२ अंकले बढेको थियो । तर, सोमबारदेखि बजारमा सामान्य करेक्सन देखिन थालेको हो ।

विश्लेषकहरूका अनुसार समग्र बजारको अवस्था सकारात्मक नै छ । बैंक ब्याजदर तल्लो विन्दुमा रहेको, प्रणालीमा तरलता पर्याप्त रहेको, तथा संस्थागत लगानीकर्ताहरूको आकर्षण बढिरहेको कारण बजारमा दीर्घकालीन सुधारको संकेत देखिन्छ ।

Related News