NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Continuous Decline in the Nepali Stock Market: Index Falls Below 2,800, Most Technical Ind...
    लगातार गिरावट: नेप्से २८ सय भन्दा तल, प्राविधिक सूचकहरु नकारात्मक
    Investor
    2 min read
    Published on August 12, 2025
    NEPSE TRADING

    लगातार गिरावट: नेप्से २८ सय भन्दा तल, प्राविधिक सूचकहरु नकारात्मकContinuous Decline in the Nepali Stock Market: Index Falls Below 2,800, Most Technical Indicators Bearish

    नेपाली शेयर बजारमा ठूलो गिरावट देखिएको छ। केही समय अघि ३,००० को लेभल छोएको बजार लगातार ओरालो लाग्दै आज २८ सय भन्दा तल झरेको छ। हौसिएर शेयर खरिद गरेका साना लगानीकर्ताहरू तनावमा परेका छन्। बैंकको ऋण वा ब्रोकरको उधारो प्रयोग गरेर बजारमा नाफा कमाउने आशा गरेका लगानीकर्तामा झनै प्यानिक देखिएको छ।

    सधैं साउन–भदौ महिनामा बजार हरियो देखिने परम्पराको विपरीत यसपटक बजारमा बिक्री दबाब (Selling Pressure) हावी छ। करिब २ सय अंकको गिरावट प्रायः ट्रेडर र टेक्निकल लगानीकर्ताको बिक्रीका कारण आएको देखिए पनि ठूला र संस्थागत लगानीकर्ताले खासै बिक्री नगरेको पाइन्छ। यद्यपि, बजारको यो गिरावट धेरैका लागि आश्चर्यजनक भएको छ। केहीले माइक्रोफाइनान्सको लाभांश क्याप असोजमा मात्र हट्ने, प्रमोटर र पब्लिकका लागि छुट्टै डिम्याट नम्बरको प्रस्तावजस्ता कारण देखाएका छन् भने केहीले ब्रोकरको उधारो रकमका कारण बजार घटेको दाबी गरेका छन्। केही विश्लेषकले भने बजार २,७५० भन्दा तल नझर्ने विश्वास व्यक्त गरेका छन्।

    हालसम्म करिब तीन दर्जन कम्पनीहरूले वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्, जसमा अधिकांशको नाफा बढेको छ। २० वाणिज्य बैंकमध्ये १० बैंकले नाफासहितको विवरण प्रकाशन गरेका छन् तर यसले लगानीकर्ताको मनोबल उठाउन सकेको छैन। डेढ दर्जनभन्दा बढी लघुवित्त र केही विकास बैंकहरूले पनि आकर्षक नाफा वृद्धि देखाएका छन् भने कतिपय म्युचुअल फन्डहरूले गत आवको प्रतिफल घोषणा गरिसकेका छन्।

    सुधारिएका वित्तीय सूचक र नाफा वृद्धि हुँदाहुँदै पनि बजारमा भारी गिरावट आएको छ। धेरै वाणिज्य बैंक, लघुवित्त र जलविद्युत कम्पनीहरूले आकर्षक नाफा ल्याउने अनुमान गरिए पनि लगानीकर्ता प्यानिक अवस्थामा छन्। लघुवित्तको लाभांश सीमा पुनरावलोकन वार्षिक प्रतिवेदन स्वीकृत अघि वा पछि हुने अनिश्चितताले लघुवित्तका शेयरमा उतारचढाव बढाएको छ। यससँगै शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने नियमले पनि कारोबारमा असर पारेको छ।

    आजको बजारमा समग्र गिरावट भए पनि सिटी होटलको शेयर सकारात्मक सर्किटमा कारोबार भयो भने समाज लघुवित्तको मूल्य ४% भन्दा बढी बढ्यो। विपरीत, सिक्लेस हाइड्रोपावर नकारात्मक सर्किटमा कारोबार भयो। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा शीर्ष स्थानमा रह्यो, जसको कारोबार मूल्य २६ करोड ७७ लाख रुपैयाँ रह्यो।

    प्राविधिक विश्लेषण
    प्राविधिक विश्लेषकका अनुसार बजार २,९५० नजिक पुग्दा नै ‘वन क्यान्डल सेल’ संकेत मिलेको थियो र बजार २,७८०–२,८०० सम्म झर्ने अनुमान गरिएको थियो, जुन अहिले वास्तविक भएको छ। बढ्ने प्रयास हुँदा पनि कारोबार रकम बढ्न नसकेको छ। आजको २६ अंकको गिरावट र घट्दो बजारमा कारोबार रकम घट्नुलाई केही मात्रामा सकारात्मक मानिएको छ। प्राविधिक विश्लेषक अजीत खानालका अनुसार पछिल्लो समयका सबै प्रमुख सपोर्ट भंग भएका छन्। ५०% रिट्रेसमेन्ट लेभल पनि भंग भई बजार मनोवैज्ञानिक २,८०० को लेभल मुनि बन्द भएको छ। अबको प्रमुख सपोर्ट ६१% रिट्रेसमेन्ट लेभल (२,७५५) वा ५० दिने मूभिङ एभरेज नजिक हुनेछ।

    ब्रोकर विश्लेषण
    आजको बजारमा शीर्ष १० ब्रोकरमध्ये ५ वटाले तुलनात्मक रूपमा बढी खरिद गरेका छन् भने बाँकी ५ वटाले बढी बिक्री गरेका छन्।

    The Nepali stock market has witnessed a significant decline. After recently touching the 3,000 level, the market has been continuously falling and has now closed below 2,800. Analysts say small investors who were encouraged to buy shares are now under stress. Those who took bank loans or broker credits in hopes of making quick profits are facing increased panic.

    Historically, the market often remains bullish during the months of July and August, but this time selling pressure is dominating. This drop of around 200 points is mostly due to traders and technical investors selling shares, while large and institutional investors have not sold significantly. Still, the decline has surprised many. Some attribute the fall to recent news, such as the decision to remove the microfinance dividend cap only in mid-October, and the proposal to issue separate demat numbers for promoters and the public. Others claim broker credit sell-offs are contributing to the drop. A few analysts remain optimistic, stating that the market is unlikely to fall below 2,750 points.

    Although around three dozen companies have published their annual financial reports showing improved profits, investor sentiment remains low. Out of 20 commercial banks currently in operation, 10 have released their annual results, yet this has not boosted confidence. More than a dozen microfinance institutions and some development banks have also posted attractive profit growth, and some mutual funds have even announced last year’s returns.

    Despite these strong earnings and improved financial indicators, the market continues to face heavy declines. Analysts believe most commercial banks will report improved results, with microfinance institutions and hydropower companies also showing strong earnings due to lower interest rates. Still, panic persists among investors. The ongoing debate on whether to revise the microfinance dividend cap before or after approving annual reports has increased volatility in microfinance stocks. Additionally, the mandatory requirement of a national ID card for share transactions has also impacted trading.

    Today, despite the overall decline, City Hotel shares hit the positive circuit level, while Samaj Laghubitta rose by more than 4%. In contrast, Sikles Hydropower hit the negative circuit. Nepal Reinsurance topped the turnover list with shares worth NPR 267.7 million traded.

    Technical Analysis
    According to technical analysts, the market gave a “one-candle sell” signal when it was near 2,950 and was expected to fall to 2,780–2,800, which has now happened. Although there have been attempts to rise, trading volume has not increased in bullish sessions. A 26-point drop today, along with lower turnover in the falling market, has been seen as somewhat positive by analysts. Ajit Khanal, a technical analyst, noted that most major support levels have been broken. The 50% retracement level was also broken, and the index closed below the psychological 2,800 level, leaving most technical indicators bearish. The next major support is expected at the 61% retracement level (around 2,755) or near the 50-day moving average.

    Broker Analysis
    Out of the 10 largest brokers in today’s market, 5 had relatively higher buy activity, while the other 5 had higher sell activity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026