·

सेयर बजारमा उकालो यात्रा जारी, के बुल आएको हो ?

Author

NEPSE trading

सेयर बजारमा उकालो यात्रा जारी, के बुल आएको हो ?

बुधबार नेप्से सूचक ५४।०४ विन्दुले बढेर २३६४.६३ अंकमा आइपुगेको छ। यस दिन १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन करिब ३ वर्षयताकै उच्च हो। यसअघि, २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो। नेप्से सूचक पनि २०७९ वैशाख २८ गते यताकै उच्च हो।

बजार बढ्नका लागि आवश्यक शर्तहरू

बजार बढ्नका लागि नीतिगत सुधार, सस्तो ब्याजदर, तरलता अवस्था निकै सहज हुनुपर्छ। यसैगरी, आर्थिक र राजनीतिक अवस्थाको पनि भूमिका हुने गर्छ। साथै, लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ र बजार बढ्ने विश्वास हुन जरुरी हुन्छ। पछिल्ला दिनहरूमा बजारका लागि केही सकारात्मक खबरहरू आइरहेका छन्। नयाँ सरकार गठन, विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्ति र ब्याजदर थप घट्नु नै सेयर बजार सुधारका मुख्य कारण मानिएका छन्।

प्रमुख कम्पनीहरू

बुधबार ३०६ कम्पनीको ३ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। २३ करोड ५५ लाख रुपैयाँसहित कारोबार रकममा सिंगटी हाइड्रोपावर अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र सोना मिनरल्स एन्ड आयल परेका छन्।

तपाईंको राय के छ ?

नेप्से सूचकको यस वृद्धिलाई कसरी हेर्नुहुन्छरु यसले आगामी दिनहरूमा सेयर बजारमा कस्तो प्रभाव पार्न सक्छरु तपाईंको विचार तल लेख्न सक्नुहुन्छ।

Related News