NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. ‘Cosmetica 2025’ to Be Held in Kathmandu from January 11, Showcasing Nepal’s Growing Beaut...
    काठमाडौँमा ‘कस्मेटिका २०२५’ हुँदै, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी एकै प्लेटफर्ममा
    Investor
    2 min read
    Published on December 24, 2025
    NEPSE TRADING

    काठमाडौँमा ‘कस्मेटिका २०२५’ हुँदै, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी एकै प्लेटफर्ममा‘Cosmetica 2025’ to Be Held in Kathmandu from January 11, Showcasing Nepal’s Growing Beauty and Wellness Industry

    नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रसँग आबद्ध व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै छानामुनि जोड्ने उद्देश्यसहित ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ। नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा चिनिएको यो कार्यक्रम आगामी पौष ११ देखि १३ गते (डिसेम्बर २६–२८) सम्म काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुनेछ।

    हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त ट्रेड शोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गरेका छन्। कार्यक्रमको मिडिया पार्टनरका रूपमा वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फर र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहेका छन्।

    आयोजकका अनुसार कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस उद्योगसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता तथा व्यवसायीलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखेको छ। बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको यस एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र ट्रेन्ड सार्वजनिक गरिनेछ।

    एक्स्पोमा स्वदेशी तथा विदेशी कस्मेटिक ब्रान्ड, स्किनकेयर र हेयरकेयर कम्पनी, पर्सनल केयर तथा वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक प्रविधिसँग सम्बन्धित निकाय, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर केयर तथा हेयर इम्प्लान्ट क्लिनिक, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

    त्यसैगरी आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू सहभागी हुनेछन्। कस्मेटिका २०२५ केवल उत्पादन र सेवाको प्रदर्शनीमा सीमित नरही सौन्दर्य र वेलनेस क्षेत्रको उत्सवका रूपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ।

    कार्यक्रम अवधिभर कस्मेटिक्स तथा वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलालाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल तथा स्याम्पल वितरण, विशेष सेल्फी कियोस्क, नयाँ ब्रान्ड लन्च, लाइभ मेकअप र हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयरसम्बन्धी कार्यशाला र सेमिनार, साथै विज्ञहरूसँग प्रत्यक्ष परामर्शका कार्यक्रम समावेश हुनेछन्।

    वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी र इसास ब्यूटीजस्ता प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।

    पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस उत्पादन र सेवाको बजार उल्लेखनीय रूपमा विस्तार हुँदै आएको छ। जीवनशैली, सामाजिक मूल्य र उपभोग संस्कृतिमा आएको परिवर्तनसँगै कस्मेटिक्सप्रतिको माग तीव्र बनेको देखिन्छ। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा बढ्दो सक्रियताले पनि उपभोक्तालाई आफ्नो रूप–रंग र प्रस्तुतीकरणप्रति थप सचेत बनाएको छ।

    उद्योगसँग सम्बन्धित विज्ञहरूका अनुसार नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य हाल करिब २३.६ अर्ब रुपैयाँ पुगेको अनुमान छ। सन् २०२५ सम्म यस क्षेत्रका उत्पादनको आयात २०.४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जापान, युरोपेली संघ र अमेरिकाबाट मुख्य रूपमा यी उत्पादन आयात हुने गरेका छन्। वार्षिक २० देखि २५ प्रतिशतको दरले बढिरहेको यो बजारमा कस्मेटिका २०२५ ले व्यवसायी र उपभोक्ताबीच नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

    Kathmandu is set to host Cosmetica 2025, a large-scale trade show dedicated to the cosmetics, beauty, and wellness sector, from January 11 to 13 (December 26–28). The event will take place at Amrapali Banquet Center and aims to bring together businesses, brands, and service providers from across the industry under one platform.

    Recognized as Nepal’s first and only comprehensive trade show focused exclusively on cosmetics and wellness, Cosmetica 2025 is being organized by House of Rajkarnicar, with support from the Nepal Cosmetics Business Association and the Beautician Professional Association of Nepal. WOW Magazine is the media partner, while Websurfer serves as the ISP partner and Sagar Art Service as the print partner.

    According to the organizers, the expo is designed to connect brands, manufacturers, distributors, importers, suppliers, and entrepreneurs involved in the beauty and wellness ecosystem. Targeting both B2B and B2C segments, the event will unveil new products, services, technologies, and emerging trends in the cosmetics industry.

    Participation is expected from domestic and international cosmetic brands, skincare and haircare companies, personal care and wellness brands, packaging firms, beauty-tech providers, beauty schools, plastic surgery clinics, hair care and hair transplant clinics, dental care centers, and cosmetic clinics. Visitors will include manufacturers, importers, distributors, stockists, retailers, salon owners, beauty consultants, dermatologists, plastic surgeons, and cosmetic dentists.

    Organizers emphasize that Cosmetica 2025 is not limited to a conventional exhibition of products and services but is being presented as a celebration of beauty and wellness. The event will feature a range of interactive activities, including a “Hall of Fame” honoring women who have made notable contributions to the beauty and wellness sector, free trials and sample distributions, special selfie kiosks, new brand launches, live makeup and hairstyling demonstrations, skincare and haircare workshops, seminars, and direct consultations with industry experts.

    Sessions and presentations by WOW Magazine, Kamala Shrestha of Siam Beauty Parlour, Sunita Shrestha of Boss Beauty Academy, Bigyan Joshi of True Derma, and Isas Beauty are expected to be among the key attractions of the expo.

    Over the past decade, Nepal’s cosmetics and wellness market has expanded significantly, driven by changing lifestyles, social values, and consumption patterns. Growing awareness of personal image, health, and self-confidence—amplified by social media and digital platforms—has led to a steady rise in spending on beauty and personal care products.

    Industry estimates suggest that Nepal’s cosmetics and personal care market is currently valued at approximately NPR 23.6 billion. Imports in this sector are projected to reach NPR 20.4 billion by 2025, with products mainly sourced from India, China, Thailand, South Korea, Japan, the European Union, and the United States. Experts note that the market has been growing at an annual rate of 20 to 25 percent, positioning Cosmetica 2025 as a timely platform to explore new opportunities in one of Nepal’s fastest-growing consumer industries.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026