
नेपाल राष्ट्र बैंकका गभर्नरसँग धितोपत्र बोर्ड अध्यक्षको शिष्टाचार भेटCourtesy Meeting Between SEBON Chair and NRB Governor
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
आज सम्पन्न भएको भेटमा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेललाई बधाई दिंदै उनको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे।
भेटका क्रममा उनीहरूले मुलुकको वित्तीय प्रणालीलाई अनुशासित र गतिशील बनाउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अत्यावश्यक हुनेमा जोड दिएका थिए। साथै, राष्ट्रको आर्थिक विकासमा दुवै संस्थाले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा पनि उनीहरू सहमत देखिए।
पुँजी बजारलाई अझ सशक्त र चलायमान बनाउनका लागि लगानीकर्ताहरूले समय–समयमा उठाएका मागहरूको समुचित सम्बोधनका विषयमा समेत छलफल भएको धितोपत्र बोर्डले जनाएको छ।
Santosh Narayan Shrestha, Chairman of the Securities Board of Nepal (SEBON), paid a courtesy visit to the newly appointed Governor of Nepal Rastra Bank, Dr. Vishwanath Paudel.
During the meeting held today, Chairman Shrestha congratulated Governor Paudel and extended his best wishes for a successful tenure.
In the discussion, both officials emphasized the need for coordination and collaboration among regulatory bodies to ensure a disciplined and dynamic financial system that contributes to national economic development.
They also discussed the importance of addressing investor concerns in a timely and appropriate manner to further strengthen and uplift Nepal's capital market.




