·
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा भोलिसम्म मात्र आवेदन
Author
Nepse trading

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा भोलि सम्म मात्र आवेदन दिन सकिनेछ। कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो। आवेदन दिँदा न्युनतम १० देखि अधिकतम १०,००० कित्तासम्म माग गर्न सकिनेछ। नेपाल धितोपत्र बोर्डले कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको थियो।
यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार, कर्मचारीलाई ६७,५०० र सामूहिक लगानी कोषलाई १ लाख १२,५०० कित्ता छुट्याइएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।