
अमेरिका–इरान प्रारम्भिक सम्झौतापछि कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमाCrude Oil Prices Fall to Three-Month Low After Initial U.S.–Iran Agreement
काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटिरहेको छ। विश्वव्यापी आपूर्ति सहज हुने अपेक्षाले बजारमा दबाब बढ्दा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको हो।
मिडिया रिपोर्टका अनुसार मंगलबार ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशतले घटेर प्रतिव्यारेल ८१.१५ अमेरिकी डलरमा पुगेको छ। कारोबारका क्रममा यसको मूल्य ८०.८९ डलरसम्म झरेको थियो, जुन मार्च ४ पछिकै सबैभन्दा न्यून स्तर हो।
त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) क्रुडको मूल्य २.८ प्रतिशतले घटेर प्रतिव्यारेल ७८.५३ अमेरिकी डलरमा पुगेको छ। कारोबारकै क्रममा यो ७८.२७ डलरसम्म झरेको थियो, जुन मार्च १० यताकै न्यून मूल्य हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिका–इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित अन्तरिम सम्झौता भएको घोषणा गरेका थिए। उक्त घोषणापछि सोमबार मात्रै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको थियो।
विशेषगरी होर्मुज जलडमरू पुनः पूर्ण रूपमा सञ्चालनमा आउने सम्भावना बढेपछि विश्वव्यापी तेल आपूर्तिमा अवरोध नआउने विश्वास बजारमा बढेको छ। यही सकारात्मक संकेतका कारण लगानीकर्ताको मनोबल बढ्दै गएको र तेलको मूल्यमा थप गिरावट आएको विश्लेषकहरूले बताएका छन्।
Global crude oil prices continued to decline after the United States and Iran reached an initial agreement aimed at ending the conflict, easing concerns over potential disruptions to global energy supplies.
According to media reports, Brent crude fell by 2.4% on Tuesday to US$81.15 per barrel, after touching an intraday low of US$80.89, its lowest level since March 4.
Similarly, U.S. West Texas Intermediate (WTI) crude dropped 2.8% to US$78.53 per barrel. During trading, it fell as low as US$78.27, marking its weakest level since March 10.
U.S. President Donald Trump announced on Sunday that Washington and Tehran had reached an interim agreement intended to end the conflict. Following the announcement, oil prices had already fallen by nearly 5% on Monday.
Market sentiment has also improved due to expectations that the Strait of Hormuz will remain open, reducing fears of disruptions to global oil shipments. The prospect of stable supply has increased investor confidence and placed additional downward pressure on crude oil prices, bringing them to their lowest levels in three months.




