
अमेरिका–इरान तनाव बढेपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धिCrude Oil Prices Surge as US–Iran Tensions Escalate
अमेरिकी सेनाले फेरि इरानमा बमबारी गरेको छ, जसका कारण दुई देशबीचको तनाव थप चुलिएको छ । यस घटनापछि शुक्रबार बिहान एसियाली बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट क्रुड २.६ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.७० डलर पुगेको छ । त्यस्तै, अमेरिकामा कारोबार हुने कच्चा तेल पनि २.३ प्रतिशतले बढेर प्रति ब्यारेल ९७ डलर पुगेको छ। विशेषज्ञहरूका अनुसार मध्यपूर्वमा बढ्दो तनावले ऊर्जा बजारमा प्रत्यक्ष असर पारिरहेको छ ।
The US military has reportedly carried out another bombing in Iran, further escalating tensions between the two countries. Following the incident, crude oil prices surged again in Asian markets on Friday morning. Global benchmark Brent crude rose by 2.6% to reach $102.70 per barrel, while US West Texas Intermediate (WTI) crude increased by 2.3% to around $97 per barrel. Analysts say the rising geopolitical tension in the Middle East is directly impacting global energy markets.




