·

क्रिप्टो बजारमा ऐतिहासिक ६ अर्ब डलरभन्दा बढीको लिक्विडेशन

Author

NEPSE trading

क्रिप्टो बजारमा ऐतिहासिक ६ अर्ब डलरभन्दा बढीको लिक्विडेशन

क्रिप्टो बजारमा शुक्रबार ठूलो झटका लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका सामानमा १०० प्रतिशत अतिरिक्त सुुल्क (tariff) लगाउने घोषणा गरेपछि बिटक्वाइनलगायत प्रमुख क्रिप्टोकरन्सीहरूमा तीव्र गिरावट आएको हो ।

ट्रम्पको निर्णयपछि बजारमा उत्पन्न भय र उतारचढावका कारण बिटक्वाइनले केही दिन अघि बनाएको नयाँ रेकर्ड उच्च मूल्यबाट तीव्र गिरावट अनुभव गर्‍यो । यसै क्रममा, डेटा ट्रयाकर Coinglass ले यस घटनालाई “क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो लिक्विडेशन” भनेको छ ।

Coinglass का अनुसार, पछिल्लो २४ घण्टाभित्र मात्र ६ अर्ब डलरभन्दा बढीको पोजिसनहरू जबरजस्ती बन्द (forced liquidation) भएका छन् । यसले हजारौं ट्रेडरहरूलाई ठुलो घाटा पुर्‍याएको छ ।

विश्लेषकहरूका अनुसार, अमेरिकी आर्थिक नीतिमा आएको अनिश्चितता, चीनमाथिको व्यापारिक दबाब र बजारको उच्च उतारचढावले यो “flash crash” जस्तै परिस्थिति निम्त्याएको हो । धेरै लगानीकर्ताहरूले बिटक्वाइनको नयाँ उच्च मूल्यपछि लाभ बुक गर्न खोजेका थिए, जसले सेलिङ प्रेसर झनै बढाएको हो ।

यस घटनाले विश्वभरका क्रिप्टो बजारमा जोखिमप्रति पुनः सचेतना ल्याएको छ । विशेषज्ञहरूले निकट भविष्यमा बजार पुनः स्थिर हुन समय लाग्ने बताइरहेका छन् ।

Related News